Lucky-Khabar_

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ठोरी पालिका पर्सा भेला समपन्न, सभापतिमा माधब बस्नेत निर्बिरोध चयन

१५असार, बिरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ठोरी पालिका भेला सम्पन्न भएको छ, जसमा माधब बस्नेतलाई पालिका सभापतिमा निर्बिरोध चयन गरियो। भन्सार चोकमा आयोजित भेलाले बस्नेतलाई सर्वसम्मत रूपमा सभापतिमा चयन गरेको हो। उनी होटल व्यवसायी महासंघ नेपालका केन्द्रीय सदस्य र होटल तथा पर्यटन व्यवसायी संघ पर्साका महासचिव समेत हुन्। लामो समयदेखि होटल व्यवसायमा संलग्न बस्नेतको नेतृत्वमा ११ सदस्यीय पालिका समिति पनि चयन गरिएको छ।

समितिका अन्य पदाधिकारीहरूमा रामशरण लमिछाने (उपसभापति), धन बहादुर श्रेष्ठ (सचिव), रमा श्रेष्ठ (कोषाध्यक्ष), र सदस्यहरूमा प्रवेश बस्नेत, भुवन बुढाथोकी, तारा बहादुर श्रेष्ठ, पदम श्रेष्ठ, कालमान लोप्चन, भक्त कुमारी पण्डित, र उदय लाल कायस्थ रहेका छन्।

रास्वपा क्षेत्र नम्बर ४ का सभापति जितेन्द्र मिश्रको सभापतित्व रहेको आयोजित भेलामा पार्टीका केन्द्रीय सदस्य डा. नन्दन यादव प्रमुख अतिथि रहेका थिए। यादवले आफ्नो सम्बोधनमा रास्वपाप्रतिको बढ्दो जनलहरले विपक्षी दलहरू अत्तालिएको उल्लेख गर्दै रास्वपाले प्रारम्भिक अवस्थामै प्राप्त गरेको जनविश्वास अकल्पनीय रहेको धारणा बताए ।

यादवले रास्वपाका हाल चार मन्त्रालय रहेको र आगामी निर्वाचनपछि एकल सरकार निर्माण हुने दाबी गरे। “सुशासन हाम्रो मूल मन्त्र हो,“ उनले भने, “भ्रष्टाचार, अन्याय र विभेदविरुद्ध हामीले आवाज उठाइरहेका छौं।”

पर्सा संयोजक हरि पन्तले पनि पार्टीप्रतिको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले पर्साका १४ वटै स्थानीय तहमा संगठन विस्तारलाई तिव्रता दिने जानकारी दिए। पन्तले पार्टीसँग आबद्ध व्यक्तिहरूलाई सचेत भएर काम गर्न सुझाव दिँदै भने, “हामीले सुशासनको कुरा उठाइरहँदा हाम्रो काममा पनि प्रश्न उठ्न दिनुहुँदैन। त्यसैले तपाईहरू पनि पार्टीसँग जोडिएको हुँदा सचेत भएर काम गर्नुहोस्।”

उक्त कार्यक्रमको सहजीकरण ,प्रदेश संगठनउप प्रमुख प्रमोद रायमाझीले गरेका थिए भने अभियान तथा प्रचार-प्रसार विभाग प्रमुख राम सरार्फ,रास्वपा प्रदेश यातायात बिभाग प्रमुख राम आर्य,उप संयोजक तुलसा पौडेल, पूर्व संयोजक दिलिप कुर्मी,  प्रदेश शिक्षा उप प्रमुख सोनालाल पटेल,सदस्य सुदिश प्रजापती, पुरूषोत्तम देव उपाध्याय, कामोध्या चौधरी, कृष्ण पास्वान, र सन्दीप पुरी लगायतको उपस्थिति थियो।

content ad p2

सम्बन्धित खबर

रामपुर खाप छोटी भन्सार पुनः सञ्चालनको माग गर्दै आमरण अनसन सुरु, डेलिगेसन काठमाडौंमा

Akleshsaran Patel

विश्व तेली दिवसमा रसुवा बाढीपीडितका लागि १ लाख ५१ हजार सहयोग

लक्की खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर