Lucky-Khabar_

रास्वपाका मन्त्रीहरु सरकार ढल्ने निश्चित भएपछि सामूहिक राजीनामा दिंदै

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले आज राजीनामा दिने भएका छन्। रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मन्त्रीहरुले राजीनामा बुझाउने जानकारी दिएका छन्।

content ad p2

परियारका अनुसार, “हिजो नै राजीनामा दिने सोचेका थियौं तर पार्टी बैठकले सम्भव भएन। अहिले बिहान ८ बजे प्रधानमन्त्रीलाई राजीनामा बुझाउने तयारी छ।”

बुधबार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै मन्त्रीहरुले पनि सामूहिक राजीनामा बुझाएका थिए। नेकपा एमालेले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेपछि सरकार अल्पमतमा परेको छ। प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भएपछि रास्वपाका मन्त्रीहरुले पनि सरकार छाड्न लागेका हुन्।

रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्रीको रूपमा सरकारमा थिए। यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्रीको रूपमा सरकारमा रहेका थिए। मंगलबार बसेको रास्वपाको पदाधिकारी बैठकले कांग्रेस–एमाले गठबन्धनको सरकारमा सहभागी नहुने निर्णय गरेको थियो।

सरकारमा रहेका रास्वपाका मन्त्रीहरुको सामूहिक राजीनामाले नेपालको वर्तमान राजनीतिक अवस्थालाई थप जटिल बनाएको छ। आगामी दिनमा सरकारको स्थायित्व र नयाँ सत्ता समीकरणको भविष्य कस्तो हुने भन्ने चासोको विषय बनेको छ।

सम्बन्धित खबर

रामपुर खाप छोटी भन्सार पुनः सञ्चालनको माग गर्दै आमरण अनसन सुरु, डेलिगेसन काठमाडौंमा

Akleshsaran Patel

विश्व तेली दिवसमा रसुवा बाढीपीडितका लागि १ लाख ५१ हजार सहयोग

लक्की खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर