Lucky-Khabar_

बाढीपहिरोबाट नेपालका बालबालिका अत्यन्त जोखिममा युनिसेफले भनाई

१५ साउन, काठमाडौं ।बाढी-पहिरोमा परी बालबालिका र किशोरकिशोरीहरु प्रभावित भएको भन्दै संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ)ले नेपालसहित दक्षिण एसियाली मुलुकमा भारी वर्षासँगै आएको चिन्ता व्यक्त गरेको छ |यस्ता प्राकृतिक प्रकोपबाट ६० लाख बालबालिका प्रभावित भएको युनिसेफका अनुमान छ ।

content ad p2

वर्षातको समयमा बाढी र डुबानबाट बालबालिकाको स्वास्थ्यमा गम्भीर जोखिम सिर्जना गर्दछ । बाढी र पहिरोका कारण स्वच्छ खानेपानीको आपूर्ति प्रभावित भएको छ । दूषित पानीका कारण झाडापखाला लगायत अनेकौं प्रकारका रोग फैलिने डर हुन्छ । उनीहरुले समयमा उपचार नपाएमा बालबालिकाहरुमा पानीको कमी र कुपोषण हुन्छ युनिसेफका अड्कन छ।

बाल जलवायु जोखिम सूचकांकका अनुसार नेपालभन्दा बढी अफगानिस्तान, बंगलादेश, भारत र पाकिस्तानका बालबालिकाहरुले जलवायु परिवर्तनबाट सिर्जित विपत्तीको सामना गरिरहेका छन् ।युनिसेफले पूरै दक्षिण एसियामा बालबालिकाको सुरक्षाका लागि विपद्को पूर्व तयारी र जलवायु अनुकूलन कार्यक्रम अझ मजबुत बनाउन ९३ लाख डलर खर्च गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेको छ ।

युनिसेफले नेपालमा बाढी र पहिरोका कारण कम्तिमा १०९ जनाको मृत्यु भएको र त्यसमा ३५ जना बालबालिकाहरु रहेको तथ्यांक सार्वजनिक गरेको छ । कयौं घाइते भएका र कम्तिमा १ हजार ५८० परिवार प्रभावित भएका युनिसेफको तथ्यांक छ ।

युनिसेफले,‘हामी प्रभावित बालबालिका र तिनका परिवारको सहायताका लागि नेपाल सरकार र साझेदारहरुसँग मिलेर काम गरिरहेका छौं ।’ नेपालका १ हजार ८१० बालबालिकासहित ४ हजार ५४० जनासम्म युनिसेफ पुगेको र उनीहरुलाई अस्थायी आवास, भाँडाबर्तन, पानी शुद्ध पार्ने औषधि, झुल र मनोपरामर्श सेवा प्रदान गरिरहेको पनि विज्ञप्तिमा उल्लेख गरेका छौ ।

सम्बन्धित खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

देशभरका नदीमा जलसतह बढ्ने, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर