२० साउन,बिरगंज |सामुदायिक संस्था सानो पाइलाको आयोजनामा वीरगञ्जस्थित रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएपछि वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरमा सञ्चालित सामुदायिक पुर्नस्थापना केन्द्रमा आकस्मिक रक्तदान कार्यक्रम गरेको छ ।

सामुदायिक पुर्नस्थापना केन्द्रका सञ्चालन पमुख भाजु राउत कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा ३१ जनाले रक्तदान गरेको केन्द्रका कार्यक्रम संयोजक राजकुमार तामाङले बताए। उनकाअनुसार रमिता कुमारी कुशवाहा, विवेक कर्ण, भाजु राउत कुर्मी, कमल सुब्बा, समिर पाख्रीन, रिजवान खाण, राजु लामा, रविशंकर साह, हिरालााल कुशवाहा, रविन्द्र पटेल, गोपी पटेल, रुपेश लामा लगायतले रक्तदान गरेका छन् ।

रक्तदान भइरहेको जानकारी पाएपछि सामुदायिक पुर्नस्थापना केन्द्र परवानीपुर पुगेका वडा नम्बर २१ का पूर्ववडाध्यक्ष हबिब मियाँले सामाजिक गतिविधिहरूमा सानो पाइलाले लिँदैआएको पहलकदमीको प्रशंसा गरे । आगामी दिनहरूमा सानो पाइलाले गर्ने आकस्मिक सेवामुलक काममा आर्थिक र भौतिक सहयोग गर्न उनले बताए ।
सानो पाइलाद्वारा सञ्चालित सामुदायिक पुर्नस्थापना केन्द्रले श्री संसारी माई युवा समाज र समुदाय प्रहरी साझेदारीसँगको समन्वयमा कार्यक्रमको आयोजना गरेको सञ्चालन प्रमुख भाजु राउत कुर्मीले जनाकारी दिए ।कुर्मीले वीरगञ्जमा बढदै गएको रगतको मागलाई परिपुर्ती गर्न सानो पाइलाले सानो प्रयास गरेको हो भनि बताए ।उनले अरु संघ संस्था र व्यक्तिहरुले पनि रक्तदन गरेर रगतको अभावलाई परिपूर्ती गर्नुपर्नेमा जोड दिनु बताए।


