Lucky-Khabar_

यो सरकारले घुस खाँदैन,रोटी र भात खान्छ : प्रधानमन्त्री ओली

१० भदौ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकारले भ्रष्टाचार नगर्ने दाबी गरेका छन्।

content ad p2

सोमबार जिल्ला प्रहरी परिसर, काठमाडौँको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यो सरकारले भात र रोटी खाने तर घुस नखाने बताएका हुन्।

‘यो सरकारले भात–रोटी खान्छ, घुस– पैसा खाँदैन।’‘कसैलाई निर्दोषितामा दोषी करार गर्ने प्रयास हुँदैन, तपाईंहरु ढुक्कले काम गर्नुस्’, प्रधानमन्त्री ओलीले भने|

प्रधानमन्त्री ओलीले भने सरकारले कसैलाई फसा भनेरसमेत नभन्ने बताए। राज्य शक्तिको दुरुपयोग गरेर निर्दोष मान्छेलाई फसाउनु आपराधिक क्रियाकलाप भएको उनको भनाइ छ। ‘कसैलाई निर्दोषितामा दोषी करार गर्ने प्रयास हुँदैन, तपाईंहरु ढुक्कले काम गर्नुस्’, उनले भने, ‘यो सरकारले भातऔरोटी खान्छ, घुस, पैसा खाँदैन।’

उनले प्रहरी काम गर्न पूर्ण स्वतन्त्रता रहेको बताए। उनले भने, ‘तर, नाकाम गर्न स्वतन्त्रता हुँदैन, त्यसको फेरि मूल्यांकन हुन्छ।’

उनले घुमुवा प्रहरी राख्ने पुरानै शैलीबाट कुनै उपलब्धि नहुनेमा जोड दिए। ‘यसलाई नयाँ तरिकाले विकास गर्नुपर्छ, स्रोत, साधनले सम्पन्न बनाएर अनुसन्धानभन्दा अगाडिको अनुसन्धान गर्नुपर्छ’ ओलीले भने, ‘अपराध कसैले गराउन खोजेको छ भने पहिल्यै पत्ता लगाउने र नियन्त्रण गर्ने अनुसन्धान धेरै महत्वपूर्ण छ।’

सम्बन्धित खबर

विपद्मा परेका नागरिकमाथि साइबर बुलिङ गरे रास्वपाबाट तत्काल निष्कासन : रवि लामिछाने

लक्की खबर

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने युवकविरुद्ध दुई कसुरमा ५ दिनको म्याद थप

लक्की खबर

मधेश यात्राको लागि रविको तालिका बनाउँदै रास्वपा, ७ जिल्ला र प्रदेशको अधिवेशन गराउने

लक्की खबर