Lucky-Khabar_

नाराबाजी गर्नेसँग जंगिदै देउवाले भने : यही हो नेपालको चलन, लाज छैन ? १० भदौ, काठमाडौं । गौरापर्वमा नेताहरु विरुद्ध नाराबाजी भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आक्रोशित भएका छन् । प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति देउवा लगायतका शीर्ष नेता उपस्थित टुँडिखेलमा आयोजित कार्यक्रममा उनीहरु विरुद्ध नाराबाजी भएको थियो । नेताहरु विरुद्ध नाराबाजी गर्नेहरुलाई देउवाले भने, ‘जति गर्ने हो गर्नुस् । जति कराउने हो, कराउनुस् ।’

१० भदौ, काठमाडौं । गौरापर्वमा नेताहरु विरुद्ध नाराबाजी भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आक्रोशित भएका छन् ।

content ad p2

प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति देउवा लगायतका शीर्ष नेता उपस्थित टुँडिखेलमा आयोजित कार्यक्रममा उनीहरु विरुद्ध नाराबाजी भएको थियो । नेताहरु विरुद्ध नाराबाजी गर्नेहरुलाई देउवाले भने, ‘जति गर्ने हो गर्नुस् । जति कराउने हो, कराउनुस् ।’

कार्यक्रममा उपस्थित भएकाहरुलाई देउवाले लाज छैन भन्दै जंगिए । ‘कार्यक्रम बिथोल्ने, लाज छैन । यही हो नेपालको चलन ? यही हो सिकेर आएको ?’ गौरापर्व खेल्न र हेर्न आएकाहरुलाई कार्यक्रम बिथोल्नेहरुले असर पारेको उनले बताए ।

नाराबाजी गर्नेहरुसँग जंगिएपछि देउवा औपचारिक सम्बोधन सुरु गरेका थिए । सुदूरपश्चिम र कर्णालीको संस्कृति गौरापर्व भएको देउवाले बताए ।एजेन्सी

सम्बन्धित खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर

रौतहटमा रास्वपा नेता राम आर्यको भेटघाट, इमानदारिता र विकासमा जोड

लक्की खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर