Lucky-Khabar_

रास्वपाको मधेस प्रदेशको विस्तारित बैठक लालबन्दीमा भब्यताकासाथ समपन्न

(राम आर्य)
२०भदौ,सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेस प्रदेशको विस्तारित बैठक आज सर्लाहीको लालबन्दीमा भब्यताकासाथ भएको छ। बैठकमा पार्टीका उच्च नेतृत्व र विभिन्न तहका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

content ad p2

रास्वपा मदेश प्रदेश पार्टी सभापति ई.तपेश्वर यादवका अनुसार, बैठकमा पार्टीको संगठन विस्तार, आगामी रणनीतिहरू, र मधेस प्रदेशमा पार्टीको भूमिका र भविष्यका विषयमा छलफल भएको छ। बैठकले मधेस प्रदेशमा रास्वपाको प्रभावकारिता वृद्धि गर्ने महत्वपूर्ण निर्णयहरू लिने अपेक्षा गरिएको ई.यादवले बताएको छ।

बैठकको पहिलो दिनको चर्चा पार्टीको वर्तमान अवस्थाबारे विश्लेषण र आगामी योजनाहरूको निर्माणमा केन्द्रित रह्यो। सहभागीहरूले प्रदेशस्तरीय संगठनको मजबूतीकरण र स्थानीय मुद्दाहरूको समाधानमा ध्यान दिनुपर्ने बताएका छन्।

अर्को बैठकका दिनहरूमा, पार्टीले आगामी चुनावहरूका लागि रणनीतिहरू तय गर्ने र संगठनको विस्तारलाई थप प्राथमिकता दिने तयारी गरेको छ। मधेस प्रदेशमा पार्टीको सशक्त उपस्थिति सुनिश्चित गर्न नयाँ योजनाहरू र कार्यक्रमहरूको प्रस्ताव गरिएको छ।

बैठकले सदस्यता वृद्धि, पार्टीको स्थानीय संगठनलाई सक्रिय बनाउने, र जनसाधारणसँग सीधा सम्वाद गर्दै उनीहरूको समस्याहरू समाधान गर्ने योजनाहरूको मस्यौदा तयार पार्ने अपेक्षा गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको यो बैठकले मधेस प्रदेशमा पार्टीको राजनीतिक प्रभावलाई थप सशक्त बनाउन र भविष्यका चुनौतीहरूलाई सफलतापूर्वक पार गर्नका लागि प्रभावकारी रणनीतिहरू निर्माण गर्ने आशा व्यक्त गरिएको छ|

उक्त बैठकमा पार्टी सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्ले, कार्यवाहक प्रवक्ता मनिष झा,केन्द्रिय सदस्य तथा रास्वपा मदेश प्रदेश पार्टी सभापति ई.तपेश्वर यादव र केन्द्रीय सदस्य डा.नन्दन यादव सहभागी भएका थिए । साथै, प्रदेश समिति, विभागीय समिति र जिल्ला समितिका पदाधिकारीहरू पनि उपस्थित रहेका थिए ।

सम्बन्धित खबर

रामपुर खाप छोटी भन्सार पुनः सञ्चालनको माग गर्दै आमरण अनसन सुरु, डेलिगेसन काठमाडौंमा

Akleshsaran Patel

विश्व तेली दिवसमा रसुवा बाढीपीडितका लागि १ लाख ५१ हजार सहयोग

लक्की खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर