Lucky-Khabar_

वीरगञ्जको नयाँ बसपार्कमा बृहत बृक्षारोपण

७असोज,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको नयाँ बसपार्क क्षेत्रमा बृहत बृक्षारोपण कार्यक्रम गरिएको छ ।

वीरगञ्ज महानगरपालिकाको कार्यालय, ग्रिन सिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्सा र साहिब दरबार बिरगंज पर्साको सँयुक्त आयोजनामा वृक्षरोपण कार्यक्रम गरीएको हो ।

content ad p2


साहिब दरबारका महाराजको प्रमुख अतिथित्यमा कार्यक्रम भएको हो | ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न प्रजातिका २५० विरुवाहरु रोपिएको होे भनि अध्यक्ष खेतानले बताए।

वृक्षरोपण कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, नेपाली सेनाको श्रीजंग गण श्रीपुरका प्रमुख सेनानी निराजन कटुवाल, सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी .उपरिक्षक. राधेश्याम धिमाल, भारतीय महावाणिज्य दूतावासका महावाणिज्य दुत देवि सहाय मिणा,जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख
प्रहरी निरीक्षक लोकराज भट्ट प्रमुख प्रहरी बरिष्ठ नायब निरीक्षक गुणनिधि खकुरेल र वडा प्रहरी कार्यालय बिर्ता प्रमुख प्रहरी निरीक्षक निरज चौलागाई,पुर्व युवा संध पर्साका अध्यक्ष कमल चौलागाई,म.न.पा.सरसफाई प्रमुख सर्फुदीन मिया लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर