Lucky-Khabar_

पर्सा–बारा औद्योगिक करिडोरमा उद्योग ठप्प हुदा हजारौं मजदुर बेरोजगार,

१३कार्तिक्, वीरगञ्ज । नेपालकै प्रमुख औद्योगिक करिडोर वीरगञ्ज–पथलैया क्षेत्रमा सञ्चालित उद्योगहरु ठप्प भएपछि हजारौं मजदुर बेरोजगार बनेका छन्। डेडिकेटेड र ट्रंकलाइनको महशुल नतिरेपछि नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्ति बन्द गर्दा उद्योगहरु प्रभावित भएका हुन्। यस घटनाले औद्योगिक करिडोरमा सञ्चालित बहुराष्ट्रिय कम्पनी र स्वदेशी लगानीका उद्योगहरुमा कार्यरत मजदुरहरुको रोजगारी संकटमा परेको समग्र उद्योग ट्रेड युनियनका अध्यक्ष आनन्द थामीले बताएका छन ।

विद्युत आपूर्ति पुनः सुचारु नभएसम्म आधा पारिश्रमिक दिएर मजदुरहरुलाई काममा राख्ने तयारी भए पनि यो अवस्था लामो समय कायम रहेमा श्रम सम्बन्धमा समस्या आउन सक्ने चेतावनी उनले दिए। यसअघि नै पथलैया–वीरगञ्ज करिडोरका केही छड र सिमेन्ट उद्योग आंशिक सञ्चालनमा मात्र रहँदा हजारौं श्रमिकले रोजगारी गुमाएका थिए।

content ad p2

बेरोजगारीको समस्याले यस क्षेत्रमा थप समस्या ल्याउने सम्भावना देखिएको थामीको भनाइ छ। उनका अनुसार, हुलास स्टील इण्डष्ट्रिज लिमिटेडमा १,१०० जना, जगदम्बा स्टील इण्डष्ट्रिजमा १,६२५ जना, हामा आइरन एण्ड स्टीलमा २५५ जना र अशोक स्टील इण्डष्ट्रिजमा ३२५ जना गरी करिब ३,३०५ जना श्रमिकहरु यस क्षेत्रका उद्योगहरुमा कार्यरत थिए।

वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले उद्योगहरुमा आन्तरिक विद्युत आपूर्तिको गुणस्तर कमजोर हुँदा उत्पादनमा ह्रास आइरहेको अवस्थामा हाल विद्युत आपूर्ति बन्द हुँदा बेरोजगारीको समस्या अझ चर्किने बताए।
त्यस्तै संघका पूर्व अध्यक्ष प्रदीप केडियाले प्लास्टिक र भट्टीमा आधारित उद्योगहरु बन्द हुने सम्भावना रहेको जनाउँदै, यसले मजदुर र व्यवस्थापनबीच द्वन्द्वको स्थिति निम्त्याउन सक्ने चेतावनी दिए।


नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषले देशभरका १२ वटा उद्योगहरुले किस्ताबन्दीमा बक्यौता रकम तिरेर विद्युत सुचारु गरिसके पनि वीरगञ्ज –पथलैया करिडोरका उद्योगहरुले अझै बक्यौता नतिरेकोबताए ।

सम्बन्धित खबर

जनताको समस्या सुन्न बहुबरी पुगे रास्वपाका सांसदहरू, कृषि, सिँचाइ, शिक्षा र स्वास्थ्यका विषयमा खुला छलफल

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

रक्सौल नाकामा सामान किन्न जाने नेपालीहरूको ठूलो भीड, यता नेपाली व्यापारी भने व्यापार नचल्दा चिन्तित!

लक्की खबर