Lucky-Khabar_

बाराको बन कार्यालयमा फरार प्रतिवादी आफैँ आएर आत्मसम्पर्ण

४ मंसिर,बारा । बाराको बन कार्यालयले फरार प्रतिवादीलाई पक्राउ गर्ने योजना तीब्र बनाएपछि १ फरार प्रतिवादी आफैँ कार्यालयमा आएर आत्मसम्पर्ण गरेका छन् ।

१ बर्ष देखि फरार रहेका करैयामाई गाउँपबालिका वडा नं.५ तेतरिया बस्ने बर्ष ३५ का जय प्रकाश सहनी आफै आएर आत्मसम्पर्ण गरेको डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजीव कुमार झाले बताए ।

अबैध रुपमा बन पैदवार हानी नोक्सानी तथा ओसारपोसार मुद्धा सहनीलाई चलाईएको थियो । उनले सञ्चालन गरेको स मिलमा सय क्युफिट अबैध काठ बरामद भएको मुद्धाका अनुसन्धानको जिम्मा पाएका मधुबन सब डिभिजन बन कार्यालयका प्रमुख बन अधिकृत संजय चौधरीले बताए ।

पक्राउँ परेका सहनीमाथी १ लाख १८ हजार ७ सय ५० रुपैया बिगो असुली दाबी गरिएको छ । उनलाई डिभिजन बन कार्यालय सिमराको थुनुवा कक्षमा राखिएको डिभिजन बन कार्यालय बाराका जमदार नागेन्द्र प्रसाद बैठाले बताए ।

content ad p2

सम्बन्धित खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

देशभरका नदीमा जलसतह बढ्ने, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर