Lucky-Khabar_

रौतहटको गरुडा नगरपालिकामा शिक्षक सरुवाको विषयले विद्यार्थी प्रदर्शन

११ पुष,रौतहट । गरुडा नगरपालिका रौतहटमा शिक्षक सरुवाको विषयलाई लिएर बिहीबार स्थानीय विद्यार्थीहरुले प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा नगरपालिकाका विभिन्न गाडीमा क्षति पुगेको छ। घटनाले नगर क्षेत्रमा तनावको अवस्था सिर्जना भएको छ।

गरुडा नगरपालिकाको नमुना माध्यमिक विद्यालयका नेपाली शिक्षकको अन्यत्र सरुवा भएपछि विद्यार्थीहरुले आक्रोशित हुँदै प्रदर्शन गरेका थिए। प्रदर्शनलाई नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालयले प्रयास गरिरहेको छ। गरुडा नगरपालिकाको कार्यालय परिसरमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको बाक्लो उपस्थिति रहेको छ।

content ad p2

प्रदर्शनको क्रममा पालिकामा ठूलो क्षति भएको अनुमान गरिएको छ। क्षतीको विवरण पालिकाका कर्मचारी र प्रहरीले संकलन गरिरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ भनि खबर प्राप्त भएको छ।

सम्बन्धित खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बाढीपीडितको उद्धारमा चिकित्सकको चेतावनी: घाइते भेटिए तत्काल अपनाउनुहोस् यी जीवनरक्षक उपाय

लक्की खबर

मेहनत र अनुशासनले सुरक्षा निकायका पाँच पदमा सफलता, धिराजन परियार बने प्रेरणाका पात्र

लक्की खबर