Lucky-Khabar_

मानव अधिकार सम्बन्धी एमनेष्टी इन्टरनेशनल ग्रुप १६ वीरगञ्जद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न

१२ पुष, वीरगञ्ज ।मानव अधिकार सम्बन्धी एमनेष्टी इन्टरनेशनल ग्रुप १६ वीरगञ्जको आयोजनामा साउथ सिटी हिमाल नर्सिङ हस्पिटल, वीरगञ्जमा १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।वरिष्ठ समाजसेवी प्रकाश कुमार उपाध्यायले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।

कार्यक्रमको प्रारम्भमा एमनेष्टीका पूर्व अध्यक्ष राजेश जैन बोथराले स्वागत मन्तव्य राख्दै एमनेष्टी इन्टरनेशनलको इतिहास र योगदानबारे जानकारी गराउनुभएको थियो। प्रमुख अतिथि उपाध्यायले संयुक्त राष्ट्रसंघद्वारा १० डिसेम्बर १९४८ मा पारित मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र तथा मौलिक अधिकारका पक्षमा एमनेष्टीको भूमिकाबारे आफ्ना विचार व्यक्त गर्नुभयो।

content ad p2

उक्त कार्यक्रममा समाजसेवी प्रकाश उपाध्याय, प्रेम शंकर सिंह, एमनेष्टीका सचिव एवं प्रशिक्षक रजनिश झा, हिमाल नर्सिङ हस्पिटलका प्रिन्सिपल लगायतका विशिष्ट व्यक्तिहरू र करिब १०० जना प्रशिक्षार्थी विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

सो कार्यक्रमको सञ्चालन एमनेष्टी ग्रुप १६ वीरगञ्जकी उपाध्यक्ष संगीता पटेलले गर्नुभएको थियो। प्रशिक्षणले मानव अधिकारको महत्वबारे सहभागीहरूमा चेतना अभिवृद्धि गरेको आयोजकले जानकारी गराएको छ।

सम्बन्धित खबर

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै

लक्की खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर

क्यासिनो छापा प्रकरणमा नयाँ मोड, दुई गाउँपालिका अध्यक्षको नाम जोडियो

लक्की खबर