Lucky-Khabar_

मन्त्रिपरिषदको बैठकले सचिवहरूको सरुवा

२८पुष,काठमाण्डौ| सरकारले मन्त्रिपरिषदको बैठकले  केही सचिवहरूको सरुवा गरेको छ। मन्त्रिपरिषदको पुस २६ गतेको निर्णयअनुसार विनोद सिंहलाई पर्यटन मन्त्रालय, कृष्णहरि पुस्करलाई श्रम रोजगार तथा सामाजिक मन्त्रालय, लक्ष्मी बस्नेतलाई महिला तथा बालबालिका मन्त्रालय, रविलाल पन्थलाई संघीय मामिला मन्त्रालय र भरतमणि सुवेदीलाई निर्वाचन आयोगमा सरुवा गरिएको छ।

content ad p2

त्यस्तै गणेस  पाण्डेलाई महालेखा नियन्त्रण कार्यालय, दिनेश भट्टराईलाई उपराष्ट्रपति कार्यालय, हरि लम्साललाई युवा तथा खेलकुद मन्त्रालय र सुमन लाल अर्याल र चूडामणि शर्मा पौडेललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको हो।

त्यसैगरी  मुकुन्दप्रसाद निरौलालाई सार्वजनिक खरिद अनुगमन कार्यालय, महादेव पन्थलाई बागमती प्रदेश सचिव, मदन भुजेललाई कामु मधेश प्रदेश र बाबुराम अधिकारीलाई कामु लुम्बिनी प्रदेश सचिवमा सरुवा गरिएको छ।

सम्बन्धित खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर

रौतहटमा रास्वपा नेता राम आर्यको भेटघाट, इमानदारिता र विकासमा जोड

लक्की खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर