५बिरगंज,माघ| सिमरा एफ एमका संचालक पौडेल अच्युत पौडेल च्वाइस खबर डटकम र जन भण्डाफोर दैनिकको समेत अतिथी सम्पादक भएका छन ।

पौडेल पत्रकारिता क्षेत्रमा प्रबेश गर्दा यस भेगमा निकै कम मात्र संचार हाउसहरु थिए ।उनी सामुदायीक रेडियो प्रसारक संघका नेता समेत हुनुहुन्छ । त्यसोृ त प्रेश चौतारी नेपालका केन्द्रीय सदस्य एवँ मधेश प्रदेशका सह इन्चार्ज समेत रहनु भएका पौडेलको इन्ट्रीसँगै भण्डाफोर र च्वाइस खबर थप गतिका साथ अघि बढ्ने विश्वास गरिएको छ ।

आउँदा दिनमा बिबिध आयममा समेत मिडिया संचालनको तयारी गरिरहेको यस टिममा पौडेलको प्रबेशलाई अर्थपूर्ण रुपमा लिइएको छ । अनुभवी व्याबसायी क्षमतामा निपूर्ण मानिएका पौडेलले मिडियाको अतिरिक्त अन्य क्षेत्रमा समेत लगानी बिस्तार गरिरहेका छन ।



