Lucky-Khabar_

परोहा नगरपालिकाद्वारा गैस सिलिन्डर र चुला सामग्री वितरण

६माघ,रौतहट । आज आईतवार  परोहा नगरपालिकाद्वारा गैस चुला र गैस सलेन्डर बितरण गरेको छ।

content ad p2

नगरको आज परोहा नगरपालिका वडा न.७ र ८ को प्रत्येक घर धुरिलाई गैस सलेन्डर-१,गैस चुला-१ र  रेगुलेटर सामग्री समेत  बितरण  गरिएको छ।

बितरण कार्यमा कुनै अनियमितिता र कुनै लापरबाही नहोस भनी पालिकाको  पदाधिकारी र सुरक्षाकर्मिको विशेष सहभागिता रहेको थियो।

नगर प्रमुख शेख वकिलले भने,”परोहा नगरपालिकाको प्रत्येक वडाका सबै जनता शुखी र शान्तिमै रहोस भनि म हदसम्म तत्पर रहने छु|  परोहा नगरपालिकाले  प्रत्येक वडाको प्रत्येक घरलाई धुवा रहित र साफा सुग्घर राख्ने लक्ष्यका साथ  कार्य हुन्छ भनि समाजसेवी एवं कांग्रेस नेता राम चन्द्र गिरीले लक्की खबरलाई  बताएको छ | 

त्यसतै उक्त वितरण कार्यमा परोहा नगरपालिकाको नगर प्रमुख शेख वकिल, वरिष्ठ समाजसेवी तथा काङ्ग्रेस पार्टी  जिल्ला सचिव  रामचन्द्र गिरि, ई.दिपेन्द्र यादव,परोहा नगरपालिका वडा न.८ का  वडा अध्यक्ष खेदु मुखिया,वडा सदस्य बिरेन्द्र पटेल र प्रहरी चौकी लौकाहाको ईन्चाज प्र. स.नि. ब्रिजेश्वर तिवारीको  विशेष मिहिनेतको साथ सहभागिता थियो।

सम्बन्धित खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर

क्यासिनो छापा प्रकरणमा नयाँ मोड, दुई गाउँपालिका अध्यक्षको नाम जोडियो

लक्की खबर

बाढीमा बेपत्ता विकास बर्नवालको परिवारलाई सांसद चौरसियाद्वारा समवेदना

लक्की खबर