Lucky-Khabar_

पर्सामा प्रहरीले रु ५६ लाख बढीको भन्सार छली सामान पक्राउ गरेको

२२माघ, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्सा र मातहतका प्रहरी इकाइहरूले  सूचनाको आधारमा विभिन्न स्थानहरूबाट भन्सार छली गरी ल्याइएका सामानहरू पक्राउ  गरेका छन्। बरामद सामानको अनुमानित मूल्य रु ५६ लाख ४६ हजार ४ सय २९ रहेको जिल्ला प्रहरी कार्यालय पर्साका  सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताएका  छ।

content ad p2

प्रहरीले श्रीपुर प्रहरी चौकी, श्रीसिया, इलाका प्रहरी कार्यालय लंगडी लगायतका स्थानहरूमा छापा मारेर विभिन्न प्रकारका इलेक्ट्रोनिक्स, खुद्रा सामान, खाद्यान्न, सुर्ती, चप्पल लगायतका सामग्री बरामद गरेको हो।

प्रहरीले भन्सार छली तथा चोरी पैठारीमा संलग्नहरूलाई कानूनी कारबाही अगाडि बढाउने जनाएको छ। पछिल्लो समयमा पर्सा क्षेत्रमा भन्सार छलीका घटनाहरू बढ्दै गएको भन्दै प्रहरीले निगरानी कडा बनाएको बताइएको छ।

सम्बन्धित खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

साउदी अरबमा १२ वर्षमा ४९० विदेशी नागरिकलाई मृत्युदण्ड, पाकिस्तानी सबैभन्दा धेरै

लक्की खबर

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ, राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरबारे अनुसन्धान

लक्की खबर