२८ माघ,काठमाडौं| गायिका एलिना चौहानले पति विष्णु सापकोटासँग सम्बन्ध विच्छेद गरेकी छन्।चौहानले केही समयअघि सम्बन्ध विच्छेदको मुद्दा हालेकी मंगलबार औपचारिकरूपमै आफूहरू अलग भएको बताएकी छन्।

कानुनरूपमै आफूहरू अलग भएको उल्लेख उनले गरेकी छन्। ‘आजदेखि स्वतन्त्र भएर कानुनीरूपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ। पत्नीका रूपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु,’ फेसबुकमा उनले भनेकी छन्।
उनले फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाह दर्ता र शारीरिक मिलनभन्दा पनि भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेको उल्लेख गरेकी छन्।
हेर्नुस् फेसबुक स्टाट्स:-



