१५चैत,काठमाडौँ | राजावादीको काठमाडौँ तीनकुनेको आन्दोलनमा प्रहरीको गोली लागी एकको मृत्यु भएको छ | गोली लागी घाइते अवस्थामा त्रिवि शिक्षण अस्पतालमा लगिएका प्रदर्शनकारीको अस्पताल पुर्याउँदा नै मृत्यु भइसकेको अस्पताल निर्देशक प्राडा सुवास आचार्यले बताए । आचार्यका अनुसार प्रहरीको समन्वयमा मृतकको पोस्टमार्टमका लागि फरेन्सिक विभागमा पठाइसकिएको छ ।

मृतकको विस्तृत परिचय खुलिनसकेकाे प्रहरी स्रोतले बतायो । तीनकुनेमा भएकाे आन्दाेलनमा प्रहरीले सुरुमा अश्रुग्यास प्रहार गरेकाे थियाे भने पछि रबरकाे गाेली र हवाइ फायर पनि गरेकाे थियाे ।

प्रदर्शनकारीहरुले प्रहरीकाे बन्दुक नै खाेसेकाे र सांघातिक आक्रमण गरेका दृश्यहरु सामाजिक संजालमार्फत सार्वजनिक भएकाे थियाे ।


