Lucky-Khabar_

पर्सामाआजदेखि तीन महिने लागूऔषध दुर्व्यसनी रोकथाम तथा नियन्त्रण सचेतनामूलक अभियान सुरु

२७ चैत,वीरगञ्ज । पर्सामा आजदेखि लागूऔषध दुर्व्यसनी रोकथाम तथा नियन्त्रण सम्बन्धी ३ महिने सचेतनामूलक अभियानको औपचारिक शुभारम्भ भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साको नेतृत्वमा सुरु भएको अभियानमा जिल्ला प्रहरी कार्यालय पर्सा र पर्सा जिल्लाका १४ वटै स्थानीय तहहरूले सक्रिय सहभागिता र समन्वय गर्ने प्रतिबद्धता जनाएका छन् ।

अभियानले पर्सा जिल्लालाई लागूऔषध दुर्व्यसनीको चपेटाबाट मुक्त बनाउने दीर्घकालीन उद्देश्य बोकेको छ । आगामी ३ महिनासम्म जिल्लाका सबै स्थानीय तहहरूमा व्यापक सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने योजना छ ।

content ad p2

विद्यालय, टोल समुदाय, युवा क्लबहरू र विभिन्न सरोकारवाला संघसंस्थाहरूसम्म पुगेर आयोजना गरिने कार्यक्रमहरूले लागूऔषधको प्रयोग, यसको दुष्प्रभाव र रोकथामका उपायहरूबारे जनचेतना फैलाउने लक्ष्य राखिएको छ । अभियानको प्रभावकारिता बढाउन स्थानीय तहका जनप्रतिनिधि, प्रशासनिक नेतृत्व र प्रहरी संगठनका प्रमुखहरूले संयुक्त रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

समारोहका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले लागूऔषध दुर्व्यसनी नियन्त्रणका लागि केवल प्रतिबद्धता व्यक्त गर्नु मात्र पर्याप्त नभएर सबै पक्षले मिलेर ठोस कदम चाल्नुपर्ने बताए । उनले वीरगञ्ज र पर्सा जिल्लाको भारतसँगको खुला सिमानाले लागूऔषधको ओसारपसार र सेवनको जोखिमलाई थप जटिल बनाएको उल्लेख गरे ।

सो कार्यक्रमका विशिष्ट अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले लागूऔषध दुर्व्यसनीलाई नेपाली समाज र युवा पुस्ताका लागि गम्भीर चुनौतीको रूपमा चित्रण गरे ।उनले भने, “अभियानलाई दिगो बनाउन स्थानीय तहहरूले आफ्नै स्रोत र साधन परिचालन गर्नुपर्छ । जिल्ला प्रशासनको तर्फबाट म हर सम्भव सहयोग गर्न तयार छु” ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालले कार्यक्रममा लागूऔषध दुर्व्यसनीको वर्तमान अवस्था र यसले निम्त्याएका समस्याहरूबारे विस्तृत प्रस्तुति दिए । उनले लागूऔषधको प्रयोगले व्यक्तिको स्वास्थ्य, पारिवारिक सम्बन्ध र सामाजिक संरचनामा पार्ने नकारात्मक प्रभावबारे जानकारी गराए । त्यस्तै, उनले पर्सा जिल्लामा लागूऔषध सम्बन्धी अपराधको तथ्याङ्क प्रस्तुत गर्दै यसको नियन्त्रणमा प्रहरीको सक्रिय भूमिका रहने प्रतिबद्धता दोहोर्‍याए ।

पर्सा जिल्लाको भौगोलिक अवस्थिति र भारतसँगको खुला सिमानाले लागूऔषधको ओसारपसार र प्रयोगलाई नियन्त्रण गर्न चुनौतीपूर्ण बनाएको छ । अभियानले यस्ता चुनौतीहरूको सामना गर्न स्थानीय स्तरमा जनचेतना बढाउने र युवाहरूलाई लागूऔषधको दुष्चक्रबाट जोगाउने लक्ष्य राखेको छ ।

कार्यक्रममा सहभागी सबै पक्षले अभियानलाई प्रभावकारी बनाउन र पर्सा जिल्लालाई लागूऔषध मुक्त बनाउने सपनालाई साकार पार्न आ-आफ्नो क्षेत्रबाट योगदान गर्ने वाचा गरेका छन् ।

सम्बन्धित खबर

“सरकार हुनुको प्रत्यक्ष अनुभूति”: रसुवा बाढी विपद्‌मा बालेन सरकारको तदारुकता, नागरिकद्वारा पूर्ववर्ती सरकारहरूसँग तुलना

लक्की खबर

नदी किनारमा विदारक दृश्य: त्रिशूली र नारायणीमा बगेर आएका शव सङ्कलन र पहिचान कार्य निरन्तर

लक्की खबर

युवा उमेर होइन, परिवर्तनको सोच र राष्ट्र निर्माणको शक्ति : प्रकाश उपाध्याय

लक्की खबर