Lucky-Khabar_

आन्दोलनरत रहेका शिक्षक र सरकारबिच ५ बजे वार्ता हुने

२८चैत्,काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज साँझ ५ बजे शिक्षक महासङ्घलाई छलफलका लागि बोलाएको छ ।

content ad p2

यसअघि पनि मन्त्रालयले शिक्षक महासङ्घलाई वार्ताका लागि पटक-पटक आह्वान गरे पनि महासङ्घ सहभागी भएको थिएन ।

‘मन्त्रालयले शिक्षा विधेयकमा छलफल गर्न बोलाएको छ । हामीले जाने भनेका छौँ ।शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदी भने|

सहमतिका लागि वार्तामा बस्न आवश्यक आधारबारे प्रारम्भिक छलफलका लागि सरकारले बोलाएको सुवेदीको भनाइ छ ।

महासङ्घको तर्फबाट सह अध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा टोली छलफलमा सहभागी हुनेछ ।

सम्बन्धित खबर

प्रेस काउन्सिललाई स्वायत्त र अधिकारसम्पन्न बनाउने विधेयक अगाडि बढ्यो

लक्की खबर

भ्रष्टाचार मुद्दामा माधव नेपाललाई वारेस राख्न विशेष अदालतको अनुमति

लक्की खबर

इनम प्रकरण : पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवमाथि अनुसन्धानको सुई

लक्की खबर