Lucky-Khabar_

वीरगञ्जको तनावग्रस्तमा एसपी मिश्र सहित ३० जना घाइते, तोडफोड र आगजनी पश्चात कर्फ्यु आदेश जारी

३० चैत, वीरगञ्ज । हनुमान जयन्तीको उपलक्ष्यमा वीरगञ्जमा निकालिएको शोभा यात्रा माथि गरिएको आक्रमणमा परी एसपी मिश्र,प्रहरी निरीक्षक सर्वसाधारणसहित ३० जना घाइते भएका छन् । घाइतेहरुलाई नारायणी अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ ।

content ad p2

आक्रोशित भिडले छपकैयामा रहेका दुईवटा विरयानी हाउस, एउटा मासु पसल तोडफोड गरेका छन् । छपकैया चोक नजिकको मस्जिदमा रहेका केही व्यक्तिहरुले शोभा यात्रामा निस्केको समूहलाई लक्षित गरी ढुंगा प्रहार गरेपछि स्थिती अनियन्त्रीत हुन पुगेको हो ।

अपराह्न करिब ५ बजेको समयमा वीरगञ्ज महानगरपालिका–२ श्रीराम हलस्थित जामा मस्जिद अगाडि पुग्दा मस्जिदबाट एक्कासी ढुंगा प्रहार भएको प्रत्यक्षदर्शीले बताए । त्यस पछि दुई समूहबीच झडपको अवस्था सिर्जना भएको थियो ।

स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड हवाईफायर र ६५ सेल अश्रुग्यास प्रहार गरेको थियो । झडपका क्रममा ६ थान मोटरसाइकलमा आगजनी समेत भएको थियो । सोही ठाउँमा एउटा विरयानी हाउसको फ्रिज पनि पसलबाट बाहिरि निकालेर आगजनी भएको प्रहरीले जनाएको छ ।

अवस्था असामान्य बन्दै गएपछि साँझ ६ बजे प्रहरीले पानीको फोहोरा हानेर भिड तितरवितर पारेको थियो । लगत्तै साढे ६ बजेदेखि भोलि (आइतबार) १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको आदेशअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम मिति २०७८ साल चैत्र ३० गते साँझ ६ः३० बजेदेखि मिति २०८१ साल चैत्र ३१ गते दिउँसो १२ः०० बजेसम्म कर्फ्यु लागू गरिएको हो ।

स्थानीय प्रशासनले पूर्व तर्फ वीरगञ्ज महानगरपालिका वडा नंं १५ भेडियाही चोक, पश्चिममा वीरगञ्जको वडा नं .२५ स्थित सिर्सिया नदी, उत्तरमा वीरगञ्ज वडा नंं १४ स्थित गण्डक चोक र दक्षिणमा वडा नं .१६ स्थित शंकराचार्य गेट सम्मको क्षेत्र भित्र आवत जावत र भिडभाड नर्गन सूचना जारी गरेको छ ।

प्रशासनले अत्यावश्यक सेवामा संलग्न सवारीसाधन र व्यक्तिहरूले आवश्यक कागजातसहित परिचय खुल्नेगरी मात्र आवतजावत गर्न पाउने स्पष्ट पारेको छ । उल्लंघन गर्नेलाई कानुनी कारबाही गरिने चेतावनी समेत प्रशासनले दिएको छ ।

अहिले वीरगञ्ज बजारमा रहेका मानिसहरुले घर तर्फ जान सुरक्षाकर्मीले अनुरोध गरेका छन् । सडकमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा निकायको टोली खटिएको छ ।

#हनुमान जयन्ती३० चैत, वीरगञ्ज । हनुमान जयन्तीको अवसरमा शनिबार वीरगञ्जमा आयोजित शोभा यात्राका क्रममा छपकैया इदगाह चोकमा दुई पक्षबीच झडप भएपछि स्थिति तनावग्रस्त बनेको छ । बढ्दो तनावलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु आदेश जारी गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(क) अनुसार शनिबार साँझ ६:३० बजेदेखि आइतबार मध्यान्ह १२ बजेसम्म कर्फ्यु लागू हुने जानकारी दिएका छन् ।

 

कर्फ्यु क्षेत्रको चारकिल्ला यस्तो छ:-

कर्फ्यु अवधिभर सो क्षेत्रभित्र सर्वसाधारणको आवतजावत, सभा, जुलुस, प्रदर्शन, घेराउ लगायतका सबै गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको छ । प्रशासनले शान्ति-सुरक्षा कायम राख्न नागरिकलाई संयमित रहन आग्रह गरेको छ ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार शोभा यात्रा इदगाह चोक नजिक पुग्दा एक पक्षले अर्काे धर्मावलम्बीको घरको छतबाट ढुंगा प्रहार गरेको दाबी गरिएको छ । “शान्तिपूर्ण रुपमा गीत–संगीतका साथ अगाडि बढिरहेको यात्रामा ढुंगा प्रहार भएपछि झडप सुरु भयो,” एक सहभागीले भने ।

ढुंगामुढापछि आक्रोशित भिडले इदगाह चोकमा रहेका दुई होटेलमा तोडफोड गर्नुका साथै करिब आधा दर्जन मोटरसाइकलमा आगजनी गरेको थियो । झडपमा करिब डेढ दर्जन सर्वसाधारण र सुरक्षाकर्मी घाइते भएका छन् । घाइतेहरूको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित खबर

प्रेस काउन्सिललाई स्वायत्त र अधिकारसम्पन्न बनाउने विधेयक अगाडि बढ्यो

लक्की खबर

भ्रष्टाचार मुद्दामा माधव नेपाललाई वारेस राख्न विशेष अदालतको अनुमति

लक्की खबर

इनम प्रकरण : पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवमाथि अनुसन्धानको सुई

लक्की खबर