Lucky-Khabar_

वीरगञ्जको सडक कर्फ्युले सुनसान, भित्रने यात्रु नाकामा अलपत्र

३१ चैत, वीरगञ्ज । वीरगञ्जमा आइतवार दिउँसो १२ सम्मका लागि कर्फ्यु लागेकोले सडक तथा बजार सुनसान छ । कर्फ्युका कारण रक्सौल नाका भएर नेपाल भित्रने यात्रुहरु सीमा क्षेत्रमा अलपत्र परेका छन् ।

content ad p2


उनीहरुलाई अन्य नाका भएर गन्तव्य स्थान सम्म जान स्थानीय प्रशासनले सुचित गरेको छ । देशका विभिन्न स्थानबाट वीरगञ्ज भित्रिएका रात्री वसका यात्रुहरु समेत गण्डक चोकमा अलपत्र परेका छन् । सडकमा खटिएका सुरक्षाकर्मीले कफ्र्यु लागेको स्थान बाहेको रुट प्रयोग गर्न सुचित गरेका छन् ।

हनुमान जयन्तीको उपलक्ष्यमा शनिवार वीरगञ्जमा निकालिएको शोभा यात्रामा झडप भएको थियो । दुई पक्ष विच भएको अक्रमणमा परी दजर्न भन्दा बढी सर्वसाधारण र प्रहरी घाइते भएका थिए । स्थानीय प्रशासनले स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यु लगाउनु परेको थियो ।

आइतबार विहान देखि वीरगञ्जको अवस्था सामान्य छ । कर्फ्यु आदेश भएका इलकामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । झडप हुन सक्ने संकास्पद स्थानमा प्रहरीले निगरानी बढाएको छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले सयुक्त रुपमा सडकमा गस्ती बढाएका छन् ।

जिल्ला प्रशासन कार्यालयले शनिवार साँझ ७.३० बजे देखि आइतवार दिउँसो १२ बजे सम्मका लागि कर्फ्युआदेश जारी गरेको छ । अत्यावश्यक सवारी साधन दमकल, खानेपानी, एम्बुलेन्स, स्वास्थ्यकर्मी, सरसफाईकर्मी, फोहोर व्यवस्थापनको सवारी साधन बाहेक अन्य सवारी नचलाउन स्थानीय प्रशासनले आदेश गरेको छ । त्यसैगरी पूर्व निर्धारित परिक्षाका लागि प्रवेश पत्र बोकेका विद्यार्थीहरुलाई समेत आवत जावतमा सहज बनाईएको छ ।

सीमा क्षेत्रमा अलपत्र परेकाहरु सिर्सिया र वलिरामपुरको बाटो हुदै गन्तब्य स्थान तर्फ लागेका छन् । यता गण्डक चोकमा रात्री गाडीबाट आएका यात्रुहरु समेत गण्डक नगहरको बाटो भएर आफ्नो गन्तब्य तर्फ लागेको प्रहरीले जनाएको छ ।

वीरगञ्जबाट बाहिर जाने व्यक्तिहरुको गन्तब्यमा पुग्ने अति आवश्यक काम र काजगात हेरेर प्रहरीले आवत जावतमा सहजता दिने गरेको छ ।

सम्बन्धित खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर