Lucky-Khabar_

अमेरिका र इरानबीच सात वर्षपछि ओमानमा वार्ता

३१चैत,काठमाडौं | ओमानको मध्यस्थतामा यी दुई देशका प्रतिनिधिबीच ओमानको राजधानी मस्कटमा अमेरिका र इरानबीच सात वर्षपछि परमाणु वार्ता भएको हो। यी दुई देशबीच पछिल्लोपटक सन् २०१८ मा उच्चस्तरीय परमाणु वार्ता भएको थियो। पछिल्लो वार्तालाई दुवै देशले रचनात्मक भएको बताएका छन्।

content ad p2

वार्तामा अमेरिकी प्रतिनिधि मण्डलको नेतृत्व राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टीभ विटकोफ र इरानी प्रतिनिधि मण्डलको नेतृत्व विदेशमन्त्री अब्बास अरागचीले गरेका थिए।

अप्रत्यक्ष रुपमा भएको वार्तामा दुवै देशका प्रतिनिधि मण्डलले ओमानका विदेश मन्त्री बदर बिन हम्माद अल–बुसैदीले सन्देश आदान प्रदान गरेको बीबीसीले जनाएको छ।

ओमानी विदेश मन्त्रीको उपस्थितिमा विटकोफ र इरानी विदेशमन्त्री अरागचीबीच केही मिनेट छलफल भएको थियो। वार्तापछि इरानी विदेशमन्त्री अरागचीले शान्तिपूर्ण र सम्मानजनक माहोलमा बैठक भएको बताए।


त्यस्तै ह्वाईट हाउसले एक वक्तव्य जारी गर्दै वार्ता निकै सकारात्मक र रचनात्मक भएको बताएको छ। यी दुई देशबीच अगामी हप्तामा पुनः वार्ता हुने भएको छ।

सम्बन्धित खबर

वीरगञ्ज–७ मा फोहोर व्यवस्थापनमा अनियमितताको आरोप, रकम नदिँदा फोहोर नउठाएको स्थानीयको गुनासो

लक्की खबर

प्रधानमन्त्री बालन शाहलाई भारत भ्रमणको निम्तो

लक्की खबर

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट दिए राजीनामा

लक्की खबर