१८जेठ,काठमाडौं|पक्राउ परेका राप्रपा नेताहरुलाई विनाशर्त रिहा नगरे थप आन्दोलन गर्ने चेतावनी दिएको छ |राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले निषेधित क्षेत्र नतोकिएको स्थानमा प्रदर्शन गर्दा हस्तक्षेप भएको भन्दै भत्सर्ना गरेको छ।

पक्राउ परेका सबैलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठकले विनाशर्त रिहा गर्न माग गरेको छ।
राप्रपाको बैठकले सांसद दिपकबहादुर सिंहलाई प्रहरी परिसरभित्रैबाट नियन्त्रणमा लिइएको घटना संविधानको व्यवस्थाविपरीत, अलोकतान्त्रिक, सर्वसत्तावादी प्रयास भन्दै भर्त्सना गरेको छ।
राप्रपाले‘प्रदर्शनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा र अन्य सातजनालाई प्रशासनले नियन्त्रणमा लिएको, गिरफ्तार हुनु भएकाहरुलाई भेट्न जाने क्रममा प्रतिनिधिसभाका सांसद मा दिपकबहादुर सिंहलाई प्रहरी परिसरभित्रै नियन्त्रणमा लिइएको घटना संविधानको व्यवस्थाविपरीत, अलोकतान्त्रिक, सर्वसत्तावादी र विचारलाई निषेध गर्ने प्रयास हो भन्ने पार्टीको प्रष्ट धारणा छ,’ भनेको छ।
राप्रपाले थापा र सिंहसहित गिरफ्तार भएका सबैलाई अविलम्ब विनाशर्त रिहा नगरे आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने जनाएको छ।



