Lucky-Khabar_

नेसनल एकेडेमी क्याम्पस वीरगञ्जद्वारा विद्यालयका छात्राहरुलाई नयाँ कपडा वितरण

लाल बाबु सिंह,अभिलाष गुप्ता
२६ असार,वीरगञ्ज |नेसनल एकेडेमी क्याम्पस वीरगञ्जद्वारा विद्यालयका छात्राहरुलाई नयाँ कपडा वितरण गरिएको छ |वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ अन्तर्गत बहुअरीस्थित श्री सारदा माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १० का ६० जना छात्राहरूलाई नेसनल एकेडेमी क्याम्पस, वीरगञ्जद्वारा बिहीवार नयाँ कपडा वितरण गरिएको छ।

सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित उक्त कार्यक्रम नेसनल एकेडेमी क्याम्पसका प्रमुख केदार प्रसाद साहको नेतृत्वमा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ समाजसेवी एवं अधिवक्ता प्रकाश कुमार उपाध्याय रहनु भएको थियो।

उक्त अवसरमा क्याम्पसका निर्देशक राजकुमार सहनी, प्राध्यापक अफरोज अहमद, अन्य शिक्षकगण तथा क्याम्पसका विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

content ad p2

विद्यालयका प्रधानाध्यापक अनिल कुमार बर्णवालको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपाध्यायले भने, “शिक्षा नै समृद्धिको मेरुदण्ड हो। छात्राहरूलाई सशक्त बनाउने यस्ता प्रयासहरूले उनीहरूको भविष्य उज्वल बनाउनेछ।” साथै उहाँले आगामी दिनहरूमा समेत शिक्षा तथा सामाजिक क्षेत्रमा निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

क्याम्पसका तर्फबाट जानकारी दिँदै आयोजकले शिक्षाको पहुँच वृद्धि र विद्यार्थीहरूको सशक्तिकरणका लागि यस प्रकारका सहयोग कार्यक्रमलाई निरन्तरता दिने बताए।

सम्बन्धित खबर

हरिखेतान क्याम्पसको विवाद हिंसात्मक : दुई पक्राउ, पठनपाठन प्रभावित

लक्की खबर

पुरानो रिसइबीमा दाजुभाइको हत्या, मुख्य आरोपीसहित ६ जना पक्राउ

लक्की खबर

व्यापारिक घरानाबाट ‘भू–माफिया’ छवितर्फ केडिया ? अर्बौंको सरकारी तथा निजी सम्पत्तिमाथि दाबी, प्रतिष्ठा जोगाउने कि विवादमा डुब्ने ?

लक्की खबर