Lucky-Khabar_

वीरगञ्जमा खानेपानी सङ्कट समाधान गर्न मन्त्री यादव र चौरसियाको प्रतिबद्धता

३0असार,वीरगञ्ज, पर्सा |वीरगञ्जमा खानेपानी मन्त्री प्रदीप यादव र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसिया — ले सोमबार संयुक्त रूपमा प्रभावित क्षेत्रहरूको स्थलगत अनुगमन गरेका छन्।

पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री यादव र क्षेत्र नं. २ का सांसद चौरसियाले वीरगञ्ज महानगरपालिकाको वडा नं. ६, ९, र १० मा पुगेर स्थानीयसँग समस्याबारे प्रत्यक्ष संवाद गरेका थिए। उनीहरूसँग प्रदेशसभा सदस्य श्याम पटेल, भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमद, र अन्य स्थानीय नेताहरू पनि सहभागी थिए।

content ad p2

मन्त्री प्रदीप यादव ले मधेस प्रदेशका पर्सा, बारा, रौतहट लगायतका जिल्लामा जलवायु परिवर्तनका कारण चापाकल सुक्ने समस्या उत्पन्न भएको बताउँदै भने,

“यो प्राकृतिक विपत्तिको घडीमा हामी पीडित जनताको साथमा छौँ। खानेपानी मन्त्रालयले वीरगञ्ज महानगरसँग मिलेर तत्काल राहत पुर्‍याउने काम गरिरहेको छ।”मन्त्री अजय चौरसिया ले भने |“वीरगञ्जवासी पानीको चरम अभावसँग जुधिरहेका छन्। मन्त्रालयसँग समन्वय गर्दै समस्याको दीर्घकालीन समाधानमा लाग्नेछौँ। सबैको सहकार्यबाट यो संकट टार्न सकिन्छ।”

खानेपानी मन्त्रालय र वीरगञ्ज महानगरपालिकाले तत्काल राहतस्वरूप प्रभावित वडाहरूमा डीप बोरिङ र ट्याङ्करमार्फत पानी वितरण तीव्र पारेका छन्। तर स्थानीयवासीले भने दीर्घकालीन समाधानका लागि अझ सशक्त पहल र ठोस योजना आवश्यक रहेको बताएका छन्।मन्त्रीद्वयको अनुगमनले स्थानीयवासीमा केही आशा जागेको देखिएको छ। यद्यपि, मौसममा आएको असामान्यता र जलवायु परिवर्तनसँग जुद्न दीर्घकालीन रणनीति र पूर्वतयारी जरुरी रहेको स्थानीय र विज्ञहरूले औँल्याएका छन्।

Ask ChatGPT

सम्बन्धित खबर

हेलिकप्टरमार्फत गाउँ ल्याइयो गणेश यादवको शव, आजै हिन्दु परम्पराअनुसार अन्त्येष्टि

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर

भारतीय अभिनेता विक्रान्त मास्से काठमाडौंमा

लक्की खबर