Lucky-Khabar_

एमाले कर्मचारी नेता प्रसाई रंगेहात समातिएका दोषी ठहर, ६ महिना कैद

असार ३२, काठमाडौँ|एमाले कर्मचारी नेता प्रसाई रंगेहात समातिएका दोषी ठहर, ६ महिना कैद भएको छ | घुससहित रंगेहात पक्राउ परेका राष्ट्रिय किताबखाना (शिक्षक), छाउनीमार्ग तहाचल, काठमाडौँका शाखा अधिकृत धनेश्वर प्रसाईसहित २ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

घुस लिएको अभियोगमा अधिकृत प्रसाई र बिचौलिया सुदर्शन न्यौपानेलाई विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासलेदोषी ठहर गर्दै कैद तथा जरिवानाको सजाय सुनाएको छ।

content ad p2

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुस १४ गते प्रसाईलाई ३ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो। अनुसन्धानको सिलसिलामा प्रसाईसँग कार्यालय सहयोगी भवानी अधिकारी र बिचौलिया सुदर्शन न्यौपानेको पनि मिलेमतो पुष्टि भएको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

प्रसाई एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनको शिक्षा मन्त्रालय विभागीय कार्यसमितिका कोषाध्यक्ष हुन्।उनले अवकाशप्राप्त शिक्षकको नियमानुसार बन्नुपर्ने पेन्सनपट्टा (निवृत्तभरण अधिकारपत्र) बनाइदिनको लागि विभिन्न बहाना बनाई घुस मागेका थिए। बिचौलियामार्फत घुस लिएपछि उनी अख्तियारको फन्दामा परेका थिए।


धनेश्वर प्रसाई र सुदर्शन न्यौपानेले निवेदकको पेनसन पट्टा बनाउने कार्यको लागि घुस माग गरेको, प्रसाई पेन्सन पट्टा बनाउने कामसँग सम्बन्धित कर्मचारी भएको, उनको कार्यकक्ष‌को दराजबाट ३ लाख रूपैयाँ बरामद भएको र उक्त रकम सुदर्शन न्यौपाने नामका बिचौलियामार्फत लिएको पुष्टि भएको सर्वोच्चको ठहर छ।

प्रसाई र न्यौपानेको बीचमा भएको श्रव्य-दृश्य संवाद पनि अख्तियारले इजलासमा पेस गरेको थियो। सोही प्रमाण नै अकाट्य ठहरिएको छ।उनीहरूले कसुर गरेको पुष्टि हुन आएकाले घुस लिएको बिगो ३ लाख रुपैयाँको दामासाहीले हुने १ लाख ५० हजारका दरमा बिगो, त्यति नै जरिवाना र ६ महिनाका दरले कैद सजाय हुने फैसला भएको विशेष अदालतले जनाएको छ।

कार्यालय सहयोगी भवानी अधिकारी भने पेनसन पट्टा बनाउने कर्मचारी नरहेको भन्दै विशेषले उनलाई सफाइ दिएको छ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर