Lucky-Khabar_

२ सीडीओसहित ४ सहसचिवको गृह मन्त्रालयद्वारा सरुवा

१२ साउन,काठमाडौं । गृह मन्त्रालयले २ प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित ४ जना सहसचिवको सरुवा गरेको छ।

content ad p2


मन्त्रालय स्रोतका अनुसार, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई मन्त्रालयमा फिर्ता बोलाइएको छ। उनको स्थानमा हाल मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव डा. टोकराज पाण्डेलाई रुपन्देहीको प्रमुख जिल्ला अधिकारी पदमा पठाइएको हो।

त्यसैगरि सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापालाई पनि मन्त्रालयमा बोलाइएको छ। उनको ठाउँमा मन्त्रालयमै जगेडामा रहेका सहसचिव बन्धु बास्तोलालाई सिन्धुपाल्चोकको सीडीओ को जिम्मेवारी दिइएको छ।गृह मन्त्रालयले यो सरुवालाई नियमित प्रशासनिक प्रक्रियाअन्तर्गत भएको जनाएको छ।

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट

लक्की खबर

वीरगञ्जमा महिलालाई तीनमहिने सिलाई कटाई तथा ब्युटिसियन तालिम

लक्की खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर