Lucky-Khabar_

लुटिएको राइफलसहित जेनजी आन्दोलनका क्रममा दुई जना पक्राउ

जनकपुरधाम ।जनकपुरमा ‘जेनजी’ आन्दोलनका क्रममा जनकपुरधाम उपमहानगरपालिका–९ स्थित मधेस प्रदेश लोक सेवा आयोगको कार्यालयबाट लुटिएको हतियारसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

content ad p2

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आयोगको कार्यालयमा सुरक्षार्थ खटिएका नेपाल प्रहरीको एक थान एसएलआर राइफलसहित उपमहानगरपालिका वडा नं. ९ का ३७ वर्षीय मनिषकुमार अधिकारी र २१ वर्षीय सन्तोषकुमार यादवलाई पक्राउ गरिएको हो।

कार्यालय तोडफोड, आगजनी र लुटपाट गर्ने क्रममा प्रहरीसँग रहेको ५० राउण्ड गोलीसहित एक थान राइफलसमेत लुटिएको थियो। ‘सिसिटिभी’ भिडियोका आधारमा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

भाडाको घरमा रहेको लोक सेवा आयोगको कार्यालयमा चार पाङ्ग्रे गाडी चार थान, मोटरसाइकल चार थान, सिसीटिभी क्यामेरा लगायतमा तोडफोड र आगजनी भएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट

लक्की खबर

वीरगञ्जमा महिलालाई तीनमहिने सिलाई कटाई तथा ब्युटिसियन तालिम

लक्की खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर