Lucky-Khabar_

वीरगंजमा ६ किलो गाँजा सहित ७० वर्षीय भारतीय पक्राउ

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्सा मातहतका सशस्त्र प्रहरीकाे टोलीले वीरगंजमा ६ किलो गाँजा सहित ७० वर्षीय भारतीय पक्राउ गरेको छ।

content ad p2

बुधबार राति करिब १०.२० मि.को समयमा वीरगंज महानगरपालिका–१६ स्थित भन्सार कार्यालय पछाडिको मन्दिर क्षेत्रबाट चेकजाँचका क्रममा भारत, बिहार राज्यको पटना बस्ने ७० वर्षीय ब्रम्ह सहनी पक्राउ परेका हुन् ।

उक्त गाँजा सशस्त्र प्रहरी वरिष्ठ हवल्दार तेजेन्द्र बस्नेतको कमाण्डमा खटिएको पाँच जनाको टोलीले वीरगंजबाट रक्सौलतर्फ पैदल जाँदै गरेका सहनीलाई पक्राउ गरेको थियो । चेकजाँचका क्रममा उनको झोलाभित्र प्लास्टिक र टेपले बेरिएको अवस्थामा लुकाइ–छिपाई ल्याइएको करिब ६ किलो गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ परेका गाँजासहित सहनीलाई आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय बिर्ता, पर्सामा बुझाउने प्रक्रिया जारी रहेको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक सुरज कार्कीले जानकारी दिए ।

सम्बन्धित खबर

हेलिकप्टरमार्फत गाउँ ल्याइयो गणेश यादवको शव, आजै हिन्दु परम्पराअनुसार अन्त्येष्टि

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर

भारतीय अभिनेता विक्रान्त मास्से काठमाडौंमा

लक्की खबर