Lucky-Khabar_

मधेश प्रदेशको मुख्यमन्त्री बनेको २४ घन्टा नबित्दै जितेन्द्र सोनल नेतृत्वको सरकार नैतिक संकटमा

वीरगञ्ज । मधेश प्रदेशको मुख्यमन्त्री बनेको २४ घन्टा नबित्दै जितेन्द्र सोनल नेतृत्वको सरकार नैतिक संकटमा परेको छ।बुधबार साँझ संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पाँच दलका ५६ सांसदको समर्थनमा सोनललाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। बिहीबार उनले पद तथा गोपनीयताको शपथ लिए।

content ad p2

सोनललाई जसपा नेपालका १९, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, लोसपाका ८ र नेकपा एकीकृत समाजवादीका ७ सांसदले समर्थन गरेको दाबी गरिएको थियो। तर, अब सो समर्थन संख्यामा तीन सांसद घटेका छन्, जसले सरकार बहुमतमा छ वा छैन भन्ने प्रश्न उठाएको छ।

सोनलले सरकारको दाबी पेश गरेकै दिन जनमत पार्टीका सांसद तथा निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंह र पूर्व वनमन्त्री त्रिभुवन साहले नवगठित जनस्वराज पार्टीमा सनाखत गरेका थिए। निर्वाचन आयोगबाट औपचारिक मान्यता नपाए पनि यी सांसदहरू अहिले तटस्थ स्थितिमा रहेको जनस्वराज पार्टीले जनाएको छ।

जनस्वराजका अध्यक्ष इन्जिनियर दिपककुमार साहले पार्टीको औपचारिक निर्णय नभइसकेको भन्दै हाललाई तटस्थ रहेको बताएका छन्। यद्यपि, सामाजिक सञ्जालमा सरकारप्रति सहानुभूति व्यक्त गरेपछि सरकारप्रति जनस्वराजको संभावित समर्थनको चर्चा भएको छ। तर उनले त्यो व्यक्तिगत अभिव्यक्ति मात्र भएको स्पष्ट पारेका छन्।

त्यसैगरी, जसपा नेपालका सांसद सरोज सिंह कुशवाहामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। संसदीय विकास कोष रकममा अनियमितता गरेको आरोपमा अख्तियारले उनीमाथि विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उक्त मुद्दा दायर भएसँगै उनको सांसद पद स्वतः निलम्बित भएको छ। यसले गर्दा सोनलको दाबीअनुसार समर्थन संख्या ५६ बाट घटेर ५३ मा झरेको छ, जुन बहुमतको ५४ को आँकडाभन्दा एक कम हो।सोनल नेतृत्वको सरकारलाई नेकपा माओवादी केन्द्रले “नैतिक संकटमा परेको” भन्दै तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको छ। एक सांसदका अनुसार, “सरकार स्थायित्वबिहीन देखिएकाले अहिले नै सहभागी भइहाल्दा नकारात्मक सन्देश जान्छ।”

जसपा नेपालले पनि हाल प्रदेश अधिवेशनमा व्यस्त रहेको जनाउँदै सरकारमा अहिल्यै सहभागी नभएको स्पष्ट पारेको छ। अधिवेशनपछि मन्त्री चयन गरी सरकारमा सहभागी हुने उसले जनाएको छ। जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव र नेकपा एकीकृत समाजवादीबाट कनिष पटेल विनाविभागीय मन्त्रीको रूपमा शपथ लिइसकेका छन्।

मुख्यमन्त्री सोनलले पदभार ग्रहण गरेको २४ घन्टा नबित्दै सरकार बहुमतमा छ वा छैन भन्ने प्रश्न उठ्न थालेको छ। समर्थन गुमाउँदै गरेको सरकार नैतिक संकटमा परेको टिप्पणीहरू आइरहेका छन्। अबको निर्णय जनस्वराज पार्टीको औपचारिक समर्थन र जसपा तथा माओवादीको सरकारभित्र प्रवेशमा भर पर्ने देखिन्छ

सम्बन्धित खबर

पर्सामा शान्ति–सुरक्षाबारे सर्वदलीय बैठक, सद्भाव कायम राख्न आग्रह

लक्की खबर

प्रदर्शनका क्रममाज्यान गुमाएका गणेश यादवका परिवारलाई औरही गाउँपालिकाद्वारा १० लाख रुपैयाँ राहत

लक्की खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर