Lucky-Khabar_

केपी ओलीले नेतृत्व छोडे एमालेसँग एकता हुनसक्छ, प्रचण्डको भनाई

धादिङ |केपी ओलीले नेतृत्व छोडे एमालेसँग एकता हुनसक्छ, प्रचण्डको भनाई रहेको छ |नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँगको सम्भावित एकता सम्बन्धमा स्पष्ट संकेत दिएका छन्। धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा प्रचण्डले युवा तथा पार्टी नेताकार्यकर्तासँग कुराकानी गर्दै आगामी चुनावलाई पार्टीको प्रमुख एजेन्डा बनाउँदै अघि बढ्ने बताए।

content ad p2

उनले भने,’अबको माओवादीको लाइन भनेको चुनाव हो,|” केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन। तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ।’

तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्ने जानकारी प्रचण्डले दिए। कार्यक्रममा सहभागी युवा तथा नेता कार्यकताहरूसँगको छलफल गर्दै प्रचण्डले युवा पुस्ताले माओवादीको विचार र मार्गदर्शनलाई सही ठहर गर्न थालेको बताए। उनले भने,’ ‘अहिले मेरो जेन्जी युवाहरूसँग पनि छ्लफल भइरहेको छ । युवाहरूले माओवादी सहि रहेछ भन्ने भुझ्नु भएको छ।’

सम्बन्धित खबर

पर्सामा शान्ति–सुरक्षाबारे सर्वदलीय बैठक, सद्भाव कायम राख्न आग्रह

लक्की खबर

प्रदर्शनका क्रममाज्यान गुमाएका गणेश यादवका परिवारलाई औरही गाउँपालिकाद्वारा १० लाख रुपैयाँ राहत

लक्की खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर