Lucky-Khabar_

हेटौंडामा एक महिला खैरो हिरोइनसहित पक्राउ

हेटौंडा। हेटौंडामा १४ ग्राम ७६० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषधसहित एक महिलालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।

content ad p2

मिति २०८२।०७।२१ गते साँझ करिब ६:३० बजेको समयमा हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोइन्टमा प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले पूर्व–पश्चिम राजमार्गमा सवारी साधन जाँच गर्ने क्रममा उक्त लागुऔषध फेला पारेको प्रहरीले जनाएको हो।

विरगंजबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ३–००१ ज ९९८ नम्बरको यात्रुबाहक ईभी गाडीमा सवार मकवानपुर मनहरी गाउँपालिका–९ बस्ने ३६ वर्षीया अनिता श्रेष्ठलाई शंका लागी तलासी गर्दा उनको साथबाट १४ ग्राम ७६० मिलिग्राम तौलको खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद गरिएको लागुऔषधसहित श्रेष्ठलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

वीरगञ्जमा महिलालाई तीनमहिने सिलाई कटाई तथा ब्युटिसियन तालिम

लक्की खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर

जनताको समस्या सुन्न बहुबरी पुगे रास्वपाका सांसदहरू, कृषि, सिँचाइ, शिक्षा र स्वास्थ्यका विषयमा खुला छलफल

लक्की खबर