Lucky-Khabar_

एमालेले बनाएको नेसनल भोलेन्टियर्स फोर्स कमान्डरमाथि सात फौजदारी मुद्दा खुलासा

काठमाडौं । नेकपा एमालेले शुक्रबार सार्वजनिक गरेको ‘नेसनल भोलेन्टियर्स फोर्स’का कमान्डर पुष्पराज श्रेष्ठविरुद्ध सातवटा फौजदारी मुद्दा दर्ता भएको तथ्य बाहिर आएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा नेता भानुभक्त ढकालले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय फोर्स गठन गरिएको घोषणा गरेका थिए।

content ad p2

श्रेष्ठ यसअघि पनि एमालेको युवा संगठन युथ फोर्समा सक्रिय मानिन्छन् र नयाँ घोषणामा पनि नेतृत्वको जिम्मेवारी उनीमाथिने आएको हो।

प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) का अनुसार, श्रेष्ठमाथि चारवटा ज्यान मार्ने उद्योग, दुईवटा सार्वजनिक अपराध (अभद्र व्यवहार) तथा एउटा अपहरण र शरीर बन्धकसम्बन्धी मुद्दा दर्ता छन्। प्रहरीका अनुसार उनी २०६३ सालदेखि विभिन्न आपराधिक घटनामा संलग्न रहँदै आएका छन्।

२०७५ मा सार्वजनिक अपराध, २०७३ र २०६३ मा ज्यान मार्ने उद्योग, २०६४ मा फेरि ज्यानमार्ने उद्योग, २०६७ मा सार्वजनिक अपराध र २०७० मा अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दा लागेको उल्लेख छ। साथै, २०६५ सालमा पनि उनीविरुद्ध ज्यान मार्ने उद्योगमा अर्को मुद्दा दर्ता गरिएको थियो।

सम्बन्धित खबर

रामपुर खाप छोटी भन्सार पुनः सञ्चालनको माग गर्दै आमरण अनसन सुरु, डेलिगेसन काठमाडौंमा

Akleshsaran Patel

विश्व तेली दिवसमा रसुवा बाढीपीडितका लागि १ लाख ५१ हजार सहयोग

लक्की खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर