वीरगञ्ज ।मधेस प्रदेशमा आर्थिक वर्ष २०८१/०८२ को उत्कृष्ट स्वास्थ्य सेवाका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले सरकारी सम्मान प्राप्त गरेको छ।

सामाजिक सुरक्षा दिवसको आठौँ वार्षिक समारोहको अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले कलेजका अध्यक्ष प्रा.डा. जैनुद्दिन अन्सारीलाई सम्मानपत्र हस्तान्तरण गर्दै कलेजलाई सम्मानित गरेकी हुन्।

मधेस प्रदेशका आठ जिल्लामध्ये उत्कृष्ट सेवा पुर्याएको आधारमा कलेजलाई यो मानक सम्मान प्रदान गरिएको कलेजका प्रेस सल्लाहकार आसिक अंसारीले जानकारी दिए।

उनका अनुसार, सामाजिक सुरक्षा कोषले नेशनल मेडिकल कलेजलाई लगातार दोस्रो वर्ष उत्कृष्ट सेवा प्रदायकका रूपमा चयन गरेको हो। गत आर्थिक वर्ष २०८०/८१ मा पनि कलेजले यही श्रेणीमा सम्मान पाएको थियो।


