रौतहट|जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट जिल्लाका चारै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ एकल उम्मेदवार सिफारिस गरेको छ। पार्टीको जिल्ला तथा प्रदेशस्तरीय छलफलपछि उम्मेदवारहरूको नाम टुंगो लगाइएको हो।

सिफारिसअनुसार क्षेत्र नम्बर १ बाट योगेन्द्र राय यादव, क्षेत्र नम्बर २ बाट राम आशिष यादव, क्षेत्र नम्बर ३ बाट गोविन्द्र चौधरी र क्षेत्र नम्बर ४ बाट राजकुमार दास तत्मालाई उम्मेदवारका रूपमा अघि सारिएको छ।

जसपा नेपाल रौतहटका नेताहरूले पार्टी संगठन सुदृढीकरण, जनआधार र राजनीतिक अनुभवका आधारमा उम्मेदवार चयन गरिएको बताएका छन्। आगामी निर्वाचनमा पार्टीको उपस्थिति थप मजबुत बनाउने उद्देश्यले चारै क्षेत्रमा एकल उम्मेदवार सिफारिस गरिएको उनीहरूको भनाइ छ।
सिफारिस सूची पार्टी केन्द्रमा पठाइसकिएको र अन्तिम निर्णय केन्द्रीय समितिले गर्ने जनाइएको छ। यससँगै आगामी दिनमा चुनावी गतिविधि थप तीव्र बनाइने पनि जसपा नेपालले जनाएको छ।


