Lucky-Khabar_

संविधान संशोधन वा पुनर्लेखन नगरिए च्यातेर फाल्ने अध्यक्ष उपेन्द्र यादवको चेतावनी

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान संविधान संशोधन वा पुनर्लेखन नगरिए त्यसलाई च्यातेर नयाँ संविधान जारी गर्न बाध्य हुने चेतावनी दिएका छन्।

content ad p2

मंगलबार वीरगञ्जमा आयोजित जनप्रदर्शन तथा विरोधसभालाई सम्बोधन गर्दै उनले अहिलेको संविधान मधेसी, जनजाति र अल्पसंख्यक समुदायविरोधी रहेको दाबी गरे।अध्यक्ष यादवले संविधान सुधारका लागि जसपा नेपालले फेरि आन्दोलनको बाटो समाउने घोषणा गरे।उनले भने, “संविधान पुनर्लेखनका लागि जसपा नेपालले फेरि आन्दोलन गर्छ।”

आन्दोलन गर्दा पनि सुनुवाइ नभए वर्तमान संविधान च्यातेर अर्को संविधान जारी गरिने उनको चेतावनी थियो।आगामी फागुन २१ गते हुने निर्वाचन अगावै संविधान संशोधन वा पुनर्लेखन हुनुपर्ने माग उनले अघि सारे।सरकार र ‘जेनजी’ प्रतिनिधिबीच भएको १० बुँदे सम्झौता निर्वाचनअघि नै कार्यान्वयन हुनुपर्ने उनले बताए।

यादवले भ्रष्टाचार नियन्त्रण र सुशासनका एजेन्डा आफ्नो पार्टीले सुरुदेखि नै उठाउँदै आएको दाबी गरे।उनले वर्तमान सरकारले मधेसी जनतालाई मात्रै नभई युवा पुस्ता अर्थात् ‘जेनजी’ लाई समेत धोका दिइरहेको आरोप लगाए।“सरकारले युवाहरूको रगत र बलिदानमाथि मजाक गरिरहेको छ,” उनले भने।

अध्यक्ष यादवले पछिल्ला ३५ वर्षदेखि सत्तामा रहेका कांग्रेस र कम्युनिस्ट पार्टीकै कारण देश बर्बाद भएको टिप्पणी गरे।ती दलहरूले ‘लुटतन्त्र’ मच्चाएकै कारण देशको अर्थतन्त्र, उद्योग तथा शिक्षा–स्वास्थ्य क्षेत्र धराशायी भएको उनको भनाइ थियो।मधेस आन्दोलनबाट प्राप्त संघीयता र लोकतन्त्रजस्ता उपलब्धि मेटाउन ठूला दलहरू लागेको उनले आरोप लगाए।ती उपलब्धि जोगाउनकै लागि जसपा नेपाल निर्वाचनमा सहभागी हुन लागेको उनले स्पष्ट पारे।

उक्त सभा कार्यक्रममा बारा,पर्सा र रौतहट लगायतका जसपाका जिल्ला अध्यक्ष,कार्यकर्ता तथा नेताहरुको विषेस उपस्थिति रहेको थिए |

सम्बन्धित खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर

जनताको समस्या सुन्न बहुबरी पुगे रास्वपाका सांसदहरू, कृषि, सिँचाइ, शिक्षा र स्वास्थ्यका विषयमा खुला छलफल

लक्की खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर