“जेन्जी आन्दोलनमा प्रहरीबाट लुटिएको पेस्तोल फेला”

काठमाडौं । नेकपा एमालेको ललितपुरस्थित च्यासलमा रहेको केन्द्रीय कार्यालय परिसरमा खिया लागेको पेस्तोल फेला परेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता चक्रराज जोशीका अनुसार मंगलबार दिउँसो कार्यालय परिसर सरसफाइ गर्ने क्रममा झाडीभित्र लुकाइएको अवस्थामा पेस्तोल भेटिएको हो।
प्रवक्ता जोशीले उक्त पेस्तोल अत्यधिक खिया लागेको र प्रयोग गर्न नमिल्ने अवस्थामा रहेको जानकारी दिए। उनका अनुसार उक्त हतियार ‘जेन्जी आन्दोलन’का क्रममा प्रहरी कार्यालयबाट लुटिएको तथा हराएको हतियारमध्ये एक हुन सक्ने आशंका गरिएको छ।
पेस्तोल कसले लुट्यो र कसले कार्यालय परिसरमा ल्याएर लुकायो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


