Lucky-Khabar_

मधेश सरकारमा पर्साको श्याम प्रसाद पटेल सहित ६ मन्त्री थपिए

जनकपुरधाम । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तारसँगै सरकारले पूर्णता पाएको छ। मुख्यमन्त्री कृष्णप्रसाद यादवले चार वटा दलबाट ६ जना मन्त्री नियुक्त गरेका हुन्।

content ad p2

नेपाली कांग्रेसबाट शंकर चौधरी वन तथा वातावरण मन्त्री तथा श्यामप्रसाद पटेल भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त भएका छन्। जनता समाजवादी पार्टी (जसपा) नेपालबाट राजकुमार गुप्ता भौतिक पूर्वाधार विकास मन्त्री र मनिषकुमार सुमन श्रम तथा यातायात मन्त्री बनेका छन्।

त्यसैगरी जनमत पार्टीबाट वसन्त कुशवाहा खेलकुद तथा समाज कल्याण मन्त्री तथा नेकपा माओवादी केन्द्रबाट फकिरा महत्त्व गृह, सञ्चार तथा कानुन मन्त्री नियुक्त भएका छन्।

नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख डा. सुरेन्द्र लाभबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। यससँगै मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् पूर्ण भएको छ।

उल्लेखनीय छ कि नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादव गत १९ मंसिरमा सातदलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। उनले २१ मंसिरमा पद तथा गोपनीयताको शपथ लिएसँगै सोही दिन तीन जना मन्त्री नियुक्त गरेका थिए। दोस्रो चरणमा, २९ मंसिरमा थप दुई मन्त्री नियुक्त गर्दै बिना विभागीय मन्त्रीहरूलाई समेत जिम्मेवारी तोकिएको थियो।

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट

लक्की खबर

वीरगञ्जमा महिलालाई तीनमहिने सिलाई कटाई तथा ब्युटिसियन तालिम

लक्की खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर