पर्सा । पर्सा जिल्लाको पकाहा मैनपुर गाउँपालिका–४ भेलाहास्थित भिमल गोढको घरमा आज साँझ आगलागी भएको छ। आगलागीबाट घरभित्र रहेको लत्ताकपडा तथा विभिन्न जिन्सी सामग्री जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ।

प्राप्त जानकारी अनुसार खाना तताउन राखिएको आगोबाट झिल्को उडेर आगलागी भएको बताइएको छ। घटनामा मानवीय क्षति भएको विवरण भने हालसम्म प्राप्त भएको छैन।

आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य भइरहेको छ। थप विवरण आउन बाँकी छ।


