Lucky-Khabar_

बीरगञ्जमा नेपाल राष्ट्र बैंक कर्मचारी सङ्घद्वारा ज्याकेट तथा कम्बल वितरण

बीरगञ्जमा नेपाल राष्ट्र बैंक कर्मचारी सङ्घ बीरगञ्ज समितिद्वारा ज्याकेट तथा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

content ad p2

जाडो मौसमलाई ध्यानमा राख्दै आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंक बीरगञ्ज कार्यालयमा दैनिक ज्यालामा कार्यरत १२ जना कर्मचारीलाई ज्याकेट वितरण गरिएको छ भने वीरगञ्जका ४० जना रिक्साचालकलाई कम्बल प्रदान गरिएको थियो। आर्थिक रूपमा कमजोर तथा श्रमजीवी वर्गलाई राहत प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रम नेपाल राष्ट्र बैंक कर्मचारी सङ्घ बीरगञ्ज समितिका अध्यक्ष राकेश कुमार साहको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल राष्ट्र बैंक बीरगञ्ज कार्यालयका निर्देशक सुशील पौडेल उपस्थित हुनु भएको थियो।

त्यसैगरी विशिष्ट अतिथिका रूपमा उपनिर्देशकद्वय अभियान उपाध्याय र विनोद बजगाईं तथा नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, नेपाल राष्ट्र बैंक बीरगञ्ज समितिका अध्यक्ष रविन्द्र मल्लिकको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले नेपाल राष्ट्र बैंक कर्मचारी सङ्घले समय–समयमा सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि श्रमिक, असहाय तथा विपन्न वर्गलाई लक्षित कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेका थिए।

सम्बन्धित खबर

इनम प्रकरण : पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवमाथि अनुसन्धानको सुई

लक्की खबर

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट

लक्की खबर

वीरगञ्जमा महिलालाई तीनमहिने सिलाई कटाई तथा ब्युटिसियन तालिम

लक्की खबर