Lucky-Khabar_

लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री राष्ट्रिय सभा सदस्यमा निर्वाचित

लुम्बिनी । नेकपा एमालेकी नेता रामकुमारी झाँक्री लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी छन्। एमाले–कांग्रेस गठबन्धनको समर्थनमा उनले सहज जीत हासिल गरेकी हुन्।

content ad p2

महिला समूहअन्तर्गत उम्मेदवार रहेकी झाँक्रीले कुल ६ हजार ३३३ मतभार प्राप्त गर्दै राष्ट्रिय सभामा प्रवेश गरेकी छन्। लुम्बिनी प्रदेशका तीनवटै सिटमा एमाले–कांग्रेस गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्।

अपाङ्गता समूहअन्तर्गत कांग्रेसका बासुदेव घिमिरे ‘जंगली’ ५ हजार ३२२ मतभारसहित निर्वाचित भएका छन् भने अन्य समूहमा कांग्रेसका चन्द्रबहादुर केसीले ५ हजार ९७७ मतभार प्राप्त गर्दै जीत हात पारेका छन्।

यस परिणामसँगै लुम्बिनी प्रदेशमा एमाले–कांग्रेस गठबन्धनको प्रभाव स्पष्ट देखिएको छ, जहाँ तीनवटै सिटमा साझा उम्मेदवारहरूले विजय सुनिश्चित गरेका छन्।

सम्बन्धित खबर

हेलिकप्टरमार्फत गाउँ ल्याइयो गणेश यादवको शव, आजै हिन्दु परम्पराअनुसार अन्त्येष्टि

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर

भारतीय अभिनेता विक्रान्त मास्से काठमाडौंमा

लक्की खबर