Lucky-Khabar_

वीरगञ्जका पत्रकार विजय कुशवाहा नेकपामा आबद्ध

वीरगञ्ज । वीरगञ्जका चर्चित पत्रकार विजय कुशवाहा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

content ad p2

शनिबार पार्टी कार्यालयमा आयोजित विशेष कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले कुशवाहालाई पार्टीमा स्वागत गरेका हुन्।

पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय कुशवाहाको पार्टी प्रवेशले मधेस प्रदेशमा पार्टीको संगठनात्मक मजबुती थप सुदृढ हुने नेताहरूले विश्वास व्यक्त गरेका छन्।

कुशवाहा विजयपथ डटकमका प्रधान सम्पादक हुन्। यसअघि उनी नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य तथा मधेस प्रदेश अध्यक्षका रूपमा सक्रिय थिए। साथै, उनले जनता टेलिभिजन र हिमालय टेलिभिजनमा मधेस ब्यूरो प्रमुखको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन्।

सम्बन्धित खबर

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको राष्ट्रिय समीक्षा सम्पन्न

लक्की खबर

पर्सा ट्राफिक प्रहरीको‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ अभियान, चालकलाई ट्राफिक नियमबारे सचेतना कार्यक्रम

लक्की खबर

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई राहदानी कसुर मुद्दामा पक्राउ

लक्की खबर