Lucky-Khabar_

महानगरको अनुभूति ग्रामीण गाउँलेले गर्न सकेनन्, विकासका लागि पहल गर्छु : उम्मेदवार सरार्फ

बिरगंज | पर्सा क्षेत्र नम्बर–१ बाट जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फले वीरगन्ज महानगरपालिका वडा नम्बर–३२ अन्तर्गत टेढा र रामवनमा भेटघाट तथा संवाद कार्यक्रम सम्पन्न गरेका छन्।

content ad p2

कार्यक्रमका क्रममा उम्मेदवार सरार्फले वीरगन्जका ग्रामीण वडाहरू अझै पनि विकासका आधारभूत पूर्वाधारबाट वञ्चित रहेको बताए। उनले जनप्रतिनिधिहरूले ग्रामीण गाउँहरूलाई ठगेको आरोप लगाउँदै ग्रामीण भेगका बासिन्दाले महानगरको अनुभूति गर्न नसकेको उल्लेख गरे।

सरार्फले आफू निर्वाचित भएमा ती वडाहरूको विकास र समृद्धिका लागि विशेष विकास प्याकेज ल्याउने प्रतिबद्धता व्यक्त गरे। साथै देश र मधेसको निकासका लागि उत्कृष्ट दृष्टिकोण जनमत पार्टी र डा. सीके राउतसँग मात्रै रहेको दाबी गर्दै ‘हर्न’ चुनाव चिह्नमा मतदान गर्न सबै मतदातालाई आग्रह गरे।

उक्त कार्यक्रममा डा. मनोज कुमार, नजमा खातुन, सीए देवराज, महादेव शर्मा, निराजन कुशवाहा, सहनवाज राकी, अजित सिंह, मन्जय शर्मा, सुमित सिंह, नागेन्द्र गुप्ता, हाजारी साह लगायतका नेताहरू तथा स्थानीयहरूको उल्लेख्य सहभागिता रहेको थियो।

सम्बन्धित खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

रक्सौल आइपुग्यो युरिया मलको पहिलो खेप, आजै वीरगञ्ज भित्र्याइने तयारी

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर