Lucky-Khabar_

रास्वपाको नगवा घरदैलोमा उर्लियो जनसहभागिता

बिरगंज | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्सा जिल्लाको नगवामा सञ्चालन गरेको घरदैलो कार्यक्रममा स्थानीयवासीको उल्लेख्य सहभागिता देखिएको छ। आज सम्पन्न घरदैलो कार्यक्रममा नगवाबासीहरूले उत्साहका साथ सहभागिता जनाउँदै रास्वपाका पर्सा क्षेत्र नं. १ का उम्मेदवार हरि पन्तलाई समर्थन जनाएका हुन्।

content ad p2

घरदैलोका क्रममा रास्वपा पर्सा सभापति तथा क्षेत्र नं. १ का उम्मेदवार हरि पन्तले रास्वपाको जित समग्र देशको जित हुने दाबी गर्दै यसपटक नगवाबासीहरूले परिवर्तनको पक्षमा मतदान गर्नेमा आफू पूर्ण रूपमा विश्वस्त रहेको बताए। नगवाबासीको अभूतपूर्व साथले आफ्नो जित सुनिश्चित भएकोसमेत उनले उल्लेख गरे।

घरदैलो कार्यक्रममा रास्वपा पर्सा उपसभापति तुल्सा पौडेल, सचिव सुदिश प्रजापती, कोषाध्यक्ष दिलिप कुर्मी, क्षेत्रीय सभापति राम आर्या, महानगर सभापति अमन आलम, सचिव गौतम श्रेष्ठ, सन्दिप कुश्वाहा, विशाल सिंह, माइकल सापकोटालगायत पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।

सम्बन्धित खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

रक्सौल आइपुग्यो युरिया मलको पहिलो खेप, आजै वीरगञ्ज भित्र्याइने तयारी

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर