Lucky-Khabar_

दार्चुलामा प्रहरी हवलदारको बीभत्स हत्या: बियर बार सञ्चालककी श्रीमतीसहित तीन जना पक्राउ

काठमाडौं । दार्चुला सदरमुकाम खलङ्गामा कार्यरत प्रहरी हवलदार योगेन्द्र घर्तीको निर्मम हत्या घटनाले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ। सामान्य विवादबाट सुरु भएको घटनाले जघन्य हत्याको रूप लिँदा स्थानीय क्षेत्रमा त्रास फैलिएको छ।

content ad p2

महाकाली नगरपालिका–४ स्थित अस्मिता बियर बारमा भएको विवाद बार सञ्चालक आशिक पालकी कान्छी श्रीमती दिपिकालाई जिस्काएको विषयबाट सुरु भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार यही विवादले उग्र रूप लिँदै कुटपिट र अन्ततः हत्या भएको हो।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको बयानअनुसार बार सञ्चालक आशिक पाल र उनका भाइ मनिसले धारिलो हतियार प्रयोग गरी हवलदार घर्तीको टाउकोमा प्रहार गरेका थिए।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टले मृतकको शरीरमा गम्भीर चोटपटक देखिएको र हत्या पश्चात् शव लुकाउने प्रयाससमेत भएको जानकारी दिए।

यस घटनाका मुख्य योजनाकार भनिएका बार सञ्चालक आशिक पाल, उनकी जेठी श्रीमती लक्ष्मी बडु, भाइ मनिस र शव व्यवस्थापनमा सहयोग गर्ने राजेन्द्र डडाल हाल फरार छन्। फरार अभियुक्तहरूको खोजीका लागि प्रहरीले नाकाबन्दी कडा बनाउँदै व्यापक खोजी अभियान सञ्चालन गरेको छ। पक्राउ परेकामाथि थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

रक्सौल आइपुग्यो युरिया मलको पहिलो खेप, आजै वीरगञ्ज भित्र्याइने तयारी

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर