Lucky-Khabar_

निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नं. १ मा रास्वपाका उम्मेदवार हरि पन्त प्रति जनसमर्थन बढ्दै

बिरगंज।निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि पन्त प्रति जनसमर्थन बढ्दै गएको देखिएको छ।

content ad p2

चुनावी अभियानलाई तीव्र बनाउँदै उम्मेदवार पन्तले विगतमा अन्य दलहरूले गर्न नसकेको विकास र सुशासनको काम अब रास्वपाले गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

स्थानीय स्तरमा आयोजित भेटघाट तथा घरदैलो कार्यक्रममा बोल्दै पन्तले पर्सा–१ का नागरिकका आधारभूत समस्या समाधान, पारदर्शिता, रोजगारी सिर्जना र भ्रष्टाचार नियन्त्रणलाई आफ्नो मुख्य प्राथमिकता बनाउने बताएका छन्। उनले “अबको राजनीति काम गर्नेहरूको हुनुपर्छ” भन्दै मतदातासँग घण्टी चिन्हमा मत दिन आग्रह गरे।

कार्यक्रममा रास्वपा पर्सा जिल्ला सचिव सुदिप प्रजापति, क्षेत्रीय सभापति पर्सा–१ राम आर्य, कोषाध्यक्ष दिलिप कुर्मी तथा नगर सचिव गौतम श्रेष्ठलगायत नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी नेताहरूले पर्सा–१ मा परिवर्तनको लहर सुरु भइसकेको दाबी गर्दै संगठन सुदृढीकरणसँगै चुनावी प्रचारलाई थप प्रभावकारी बनाइने बताएका छन्।

स्थानीय बासिन्दाहरूले पनि नयाँ नेतृत्वप्रति आशा व्यक्त गर्दै विकास, सुशासन र पारदर्शिताको एजेन्डामा केन्द्रित राजनीति आवश्यक रहेको बताएका छन्।

चुनावको मिति नजिकिँदै जाँदा पर्सा–१ मा रास्वपाको सक्रियता र जनसमर्थनले चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने संकेत देखिएको छ।

सम्बन्धित खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

रक्सौल आइपुग्यो युरिया मलको पहिलो खेप, आजै वीरगञ्ज भित्र्याइने तयारी

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर