Lucky-Khabar_

रास्वपाको सम्पर्क कार्यालय इनरवामा रास्वपा पर्सा सभापति हरि पन्त द्वारा उदघाटन

बिरगंज|राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरि पन्तले इनरुवामा पार्टीको सम्पर्क कार्यालय उद्घाटन गरेका छन्। पर्सा–१ का उम्मेदवारसमेत रहेका पन्तले आज आयोजित एक कार्यक्रमबीच कार्यालय उद्घाटन गरेका हुन्।

content ad p2

उद्घाटन कार्यक्रममा बोल्दै उनले इनरुवावासीप्रति आफूलाई विशेष माया र आत्मीयता रहेको बताए। स्थानीय बासिन्दाले आफ्नो स्थानबाट पार्टीलाई जिताउन सक्रिय रूपमा लागिरहेको उल्लेख गर्दै उनले उनीहरूको विश्वास, माया र सहयोगप्रति सधैं सम्मान र कदर गर्ने प्रतिबद्धता व्यक्त गरे।

बिजय साहको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सहजीकरण सन्तोष पटेलले गरेका थिए। कार्यक्रममा महानगर सभापति अमन आलम, जिल्ला सचिव सुदिश प्रजापती, दिलिप कुर्मी, मुकेध पटेललगायत पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।

सम्बन्धित खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

रक्सौल आइपुग्यो युरिया मलको पहिलो खेप, आजै वीरगञ्ज भित्र्याइने तयारी

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर