Lucky-Khabar_

तेल ट्याङ्करमा बस ठोक्किँदा १३ जना घाइते

१८ चैत, वीरगञ्ज । वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक बस नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ दासढुंगामा तेल ट्याङ्करसँग ठोक्किँदा १३ जना घाइते भएका छन्।

content ad p2

प्रहरीका अनुसार ना ६ ख ७०३६ नम्बरको बसले सडक किनारमा रोकिराखिएको ना ४ ख २५०३ नम्बरको तेल ट्याङ्करलाई ठक्कर दिएको हो।

दुर्घटनापछि घाइतेहरूलाई तत्काल उद्धार गरी भरतपुरस्थित नेशनल सिटी अस्पतालमा उपचारका लागि पठाइएको थियो। अस्पताल स्रोतका अनुसार घाइतेमध्ये केहीको अवस्था सामान्य, केहीको मध्यम तथा दुई जनाको अवस्था गम्भीर रहेको छ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंहका अनुसार दुर्घटनापछि बस चालक र ट्याङ्कर चालक दुवै फरार रहेका छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट

लक्की खबर

वीरगञ्जमा महिलालाई तीनमहिने सिलाई कटाई तथा ब्युटिसियन तालिम

लक्की खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर