Lucky-Khabar_

वीरगञ्जका युवा सञ्जय अग्रवाल व्यवसायी नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशको उपाध्यक्षमा निर्विरोध

वीरगञ्ज । वीरगञ्जका युवा व्यवसायी संजय कुमार अग्रवाल नेपाल उद्योग वाणिज्य महासंघ, मधेस प्रदेशको सातौँ प्रदेश अधिवेशनबाट एशोसिएटतर्फ उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्।

content ad p2

उक्त अधिवेशनमा एशोसिएटतर्फ उपाध्यक्ष पदका लागि अग्रवालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध रूपमा चयन भएका हुन्। निर्वाचित भएपछि अग्रवालले आफूलाई विश्वास गरी योग्य ठानेर समर्थन गर्ने मधेस प्रदेशका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्षहरू, कार्यसमिति सदस्यहरू तथा सम्पूर्ण उद्योगी–व्यवसायीप्रति आभार व्यक्त गरेका छन्।

उनले निर्विरोध चयनले आफूमा थप जिम्मेवारीबोध गराएको उल्लेख गर्दै उद्योगी तथा व्यवसायीको हकहित संरक्षण र प्रवर्द्धनमा अझ सक्रिय भएर काम गर्ने प्रतिबद्धता जनाए। साथै, व्यवसायीहरूले भोगिरहेका समस्याको समाधानका लागि पहल गर्ने र मधेस प्रदेशमा लगानीमैत्री वातावरण निर्माणमा जोड दिने उनले बताए।

अग्रवालले क्षेत्रीय आर्थिक विकासलाई गति दिन सरकार तथा सरोकारवाला निकायसँग सहकार्य गरेर अघि बढ्ने उल्लेख गरे। अग्रजहरूको मार्गदर्शन र सरोकारवालाहरूको सुझावलाई आत्मसात् गर्दै मधेस प्रदेशलाई सक्षम र प्रतिस्पर्धी औद्योगिक केन्द्रका रूपमा विकास गर्न निरन्तर प्रयास गर्ने उनको भनाइ छ।

वीरगञ्जमा लामो समयदेखि व्यवसायमा संलग्न अग्रवाल सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका छन्।

सम्बन्धित खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

रक्सौल आइपुग्यो युरिया मलको पहिलो खेप, आजै वीरगञ्ज भित्र्याइने तयारी

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर